भक्तपुरमा पाँचतला माथि घरको गाह्रो लगाउने क्रममा खसेर मजदुरको मृत्यु

काठमाडौ । घर बनाउने क्रममा पाँच तला माथिवाट खसेर एक मजदुरको मृत्यु भएको छ । भक्तपुरमा पाँचतले घरबाट खसेर एक मजदुरको मृत्यु भएको छ।

आइतबार दिउँसो भक्तपुर नगरपालिका २ कालोपाटीस्थित सुनिल थिमीको ५ तले घरबाट जमिनमा बजारिँदा महोत्तरीको बर्दिबास घर भएका ३५ वर्षीय डम्बर मगरको मृत्यु भएको हो।

पाँचतला माथि बसेर घरको गाह्रो लगाउने क्रममा अचानक खस्दा मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए।

सूर्यविनायक नगरपालिका ५ कटुन्जे बस्दै आएका मगरको उपचारको क्रममा डा।इवामुरा अस्पताल भक्तपुरमा मृत्यु भएको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six + four =