ओलिले सिकाए भारतिय मिडियालाई सबक, लिपुकेक र कालापानी नेपालकै हो भनेपछि सुधिर चौधरीको बोल्ती बन्द

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतको सानो भाइए नभएको बताएका छन्। उनले सानो र ठूलोको सोँचले नै समस्या निम्त्याउने बताए। भारतीय न्यूज च्यानल जी न्यूजका दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘यो पुरानो समय होइन। आकारमा सानो होला तर नेपाल भारतको सानो भाई होइन। बसह भएको छ। बहसले सत्य खोज्न सहयोग गर्छ। यो सानो, ठूलोको मानसिकता त्याग्ने हो भने समस्या हुँदैन। व्यक्तिगतरुपमा मोदी दाई हुन। होलान्, उमेरका हिसाबले। तर जब दुई प्रधानमन्त्री बस्छन् त्यहाँ कोही सानो ठूलो हुँदैन। संसारमा कैयौं कान्छा मान्छे पनि प्रधानमन्त्री छन् राष्ट्रपति छन्। कति त मैले राजनीति शुरु गर्दा जन्मेकै थिएनन् होला।’

भारत र चीनको आपसी सम्बन्धमा नेपालको भूमिकाबारे सोधिएको प्रश्नमा प्रधानन्त्री ओलीले दुबै छिमेकीसँग नेपालले तथस्टताका साथ सन्तुलित सम्बन्ध कायम राख्ने र राखिरहेको बताए। उनले भने, ‘छिमेकी परिवर्तन गर्न सकिँदैन। भारत र चीन दुबै आकार र जनसंख्यामा ठूला छन्। असन्तुलनलाई मेटाउनु पर्छ। राजनीतिक रुपमा पनि केही भिन्नता छन्। दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्छौं । नेपालले कुनै कार्ड खेल्दैन। कार्ड खेल्ने र छक्काउने कुरा छोड्नुपर्छ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight ÷ = two