जी न्यूजले भन्यो- सगरमाथा भारतको पनि, आफ्नो दावा ठोक्नुपर्छ ! ( हेर्नुस भिडियो )

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अन्तर्वार्ता दिएको भारतीय टेलिभिजन च्यानल जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथालाई भारतीय नाम दिने अभियान थालेको छ । प्रधानमन्त्री ओलीको अन्तर्वार्ता बजाएको अर्को दिन उक्त च्यानलले सगरमाथामा भारतीयले दावा ठोक्नु पर्ने भन्दै सामग्री प्रसारण गरेको छ।

प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिने र सगरमाथामा दावा प्रस्तुत गर्नुपर्छ भन्ने व्यक्ति एकै हुन्- जी न्यूजका सम्पादक सुधीर चौधरी। प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिन गत आइतबार काठमाडौं आएका चौधरीले हेलिकप्टरमा सगरमाथा आधार शिविर पुगेको बताएका छन्। मंगलबार राति प्रशारण भएको कार्यक्रममा उनी भन्छन्- त्यहाँ उभिएर हामीले यस (सगरमाथा) को नाम परिवर्तन गर्न अभियान सुरू गरेका छौं।

उनले सगरमाथाको नाम माउन्ट सिकदर हुनुपर्छ। भारतीय गणितिज्ञ राधानाथ सिकदर सगरमाथाको उचाइ नापेकाले उनको नाममा सगरमाथाको नामाकरण हुनु पर्ने उनको तर्कछ। ‘माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ भन्ने अभियान हामी आजबाट सुरू गर्दैछौं। हाम्रो यो यात्रा त्यही अभियानको एउटा महत्वपूर्ण हिस्सा हो,’ उनी भन्छन्,’संसारलाई सगरमाथाको उचाइ पहिलोचोटि बताउने राधाकृष्ण सिकदरलाई अहिलेसम्म जस दिइएको छैन। अब भारतले आफ्नो यो दाबा ठोक्नुपर्छ।’

उनले दर्शकहरूलाई जी-न्यूजको यो अभियानमा सरिक हुन र आफ्नो तर्फबाट सामाजिक सञ्जालमार्फत् सगरमाथाको नाम परिवर्तनको अभियान चलाउन आह्वान गरे । प्रशारित कार्यक्रममा पटक–पटक ‘नयाँ भारत नयाँ राष्ट्रवादको सच्चा पत्रकारिता, माउन्ट एभरेष्ट’ को अद्भूत दर्शनको वर्णन’ भनिएको छ।

यसअघि पनि जी न्यूजले नेपालप्रति अवाञ्छित र भ्रामक समाचारहरू सम्प्रेषण गर्दै आएको थियो। नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरी नयाँ नक्सा जारी गरेपछि ती भू–भाग भारतको भएको दाबी गर्दै च्यानलले नेपालको राष्ट्रियतामाथि प्रहार हुने सामग्री प्रस्तुत गरेको थियो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

5 × = twenty