पूर्वराजा ज्ञानेन्द्रको तराई बसाई : निम्तो आएपछि समर्थकका घरमा खाना

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जाडो छल्न अहिले परिवार सहित तराईमा बसेका छन् । दमक स्थित हिमालयन टि गार्डेनमा करिब डेढ महिना सम्म बस्ने तयारीका साथ शाहका परिवार तराई पुगेका हुन् । तराई बसाईको क्रममा दैनिक जस्तो विभिन्न जिल्ला भ्रमण गर्ने गरेका छन् ।

नयाँ वर्ष झापा मै मनाउने गरि तराई झरेका शाहका परिवारले नयाँ खुलेको पाँचतारे होटल मेची क्राउनमा गएर समर्थकहरु संग मनाएका थिए । रानी कोमल शाह, पूर्वयुवराज्ञी हिमानी शाह र नाती हृदयेन्द्र सहित झापामा रहेका शाह विभिन्न समाज सेवा कार्यक्रममा समेत सहभागी भएका छन् । नाती हृदयेन्द्र शाह समेत केहि कार्यक्रममा सहभागी भएका तस्बिरहरु बाहिरिएका छन् ।

ज्ञानेन्द्र शाह भने झापाका विभिन्न जिल्लामा समर्थकहरुको निम्तो मान्दै घर घर सम्म पुग्ने गरेका छन् भने विशेष समर्थकहरुको होटलमा गएर खाना समेत खाने गरेका छन् । उनी बिराटनगरसम्म पुगेर समर्थकहरुको कुरा सुनेको श्रोतले बताएको छ । शाह पूर्वमा बस्न थाले पश्चात राजा समर्थकहरुले विशाल मोटरसाइकल जुलुस निकालेर माहोल तत्ताउन थालेका छन् ।

ज्ञानेन्द्र शाह अघिल्ला पल्ट झैं यसपाली पनि तराईबाट भारतका केही प्रान्तसम्म पुग्ने सम्भावना रहेको श्रोतको दाबी छ । कुनै योजना बाहिरिएको छैन तर यदि निम्तो आएमा र अनुकुल मिले सम्म जानसक्ने जनाईएको छ । केही वर्ष अघि मुख्यमन्त्री योगी आदित्यनाथको निम्तोमा नेपालगञ्जबाट उत्तर प्रदेश भ्रमण गर्न शाह पुगेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven + 1 =