कुलमान घिसिङ भन्छन: ‘महामारीको बेला मेरो पक्षमा सडक आन्दोलन नगर्नुस’

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा प्रदर्शन नगर्न आग्रह गरेका छन्। चार वर्षे कार्यकाल पूरा गरेर अवकाश घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै काठमाडौंसहित देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेका छन्।

उक्त विरोध प्रदर्शनप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै कुलमानले नेतृत्व परिवर्तन हुनु नियमित प्रक्रिया भएको बताए। आज एक विज्ञप्ति जारी गर्दै कुलमानले प्राधिकरणको कार्यकारी नेतृत्व परिवर्तनको अधिकार नेपाल सरकारसँग भएको भन्दै कोरोना महामारीको बेला विरोध प्रदर्शन नगर्न आग्रह गरेका हुन्।

“प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसात् गर्नैपर्छ। प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ,” जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

विश्वव्यापीरूपमा फैलिएको कोभिड-१९ का कारण नेपाल पनि आक्रान्त भएको बेला आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भीडभाड गरी प्रदर्शन नगरिदिन आग्रह गरेका हुन्।

चार वर्षे कार्यकाल पूरा गरेर कुलमानले भदौ २९ गते बिदा भएका थिए। उनको पुनर्नियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ। काठमाडौंमा जारी प्रदर्शनमा प्रहरीले भने बल प्रयोग गर्दै आएको छ। जसका कारण केही प्रदर्शनकारी घाइते भएका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

65 ÷ thirteen =