अब जुनसुकै समयमा ड्राइभिङ लाइसेन्सको अनलाइन फर्म भर्न सकिने, कोटा प्रणाली हट्यो

सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) अनलाइन आवेदन भर्न लागू गरिएको कोटा प्रणाली हट्ने भएको छ । बिहीबार देखी यातायात व्यवस्था विभागले सिस्टम परिमार्जन गर्ने तयारी गरेको हो । अब सेवाग्राहिले चाहेकै समयमा अनलाइन आवेदन दिन सक्नेछन् ।

यातायात व्यवस्था विभाले सबै तयारी पूरा भए बिहीबारदेखी नत्र आइतबारबाट औपचारिक रुपमा कोटा प्रणाली हटाउने तयारी गरिरहेको छ ।

‘हामीले सर्भरको क्षमता बढाउने, लोड म्यानेजमेन्ट गर्ने काम गरिरहेका छौं ।’ यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने । यसअघि अनलाइन फर्म भर्दा हरेक दिन कोटा प्रणाली लागु गरिएको थियो । अधिकांस समय सर्भर डाउन हुने र कोटा प्रणालीले गर्दा समस्यामा भएको सेवाग्राहीहरुको गुनासो थियो ।

यातायात व्यवस्था विभागले गत पुष १० गते एउटा सूचना जारी गर्दै १४ गतेदेखी आवेदन खुलाएको थियो । कोभिड १९ को महामारीका कारण सवारी चालक अनुमति पत्र वितरण लामो समयदेखी बन्द गरिएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

29 − twenty two =