नेपालसहित छिमेकी देशलाई भारतले २ करोड डोज कोरोना खोप दिने

काठमाडौं । भारतले नेपालसहित छिमेकी मुलुकलाई दुई करोड कोरोनाभाइरसविरुद्धको खोप दिने योजना बनाएको छ । विश्वकै सबैभन्दा दोस्रो कोरोना प्रभावित मुलुक भारतले नेपालसहित छिमेकी देशलाई कोरोना खोप उपलब्ध गराउने योजना बनाएको हो ।

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक बसिरहेका बेला भारतले नेपालसहित छिमेकी मुलुकलाई दुई करोड कोरोना खोप उपलब्ध गराउने योजना भएको समाचार भारतीय सञ्चार माध्यम टाइम्स अफ इण्डियाले प्रकाशन गरेको छ ।

भारतीय सरकारी अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले प्रकाशन गरेको समाचारअनुसार भारतले नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, सेचेलेस र मौरिससलाई दुई करोड डोज कोरोनाविरुद्धको खोप दिने योजना अघि सारेको टाइम्स अफ इन्डियाले बताएको छ ।

विश्वको सबैभन्दा धेरै खोप उत्पादन गर्ने भारतको योजनाअनुसार भारतीय कम्पनीहरुले सेरम इन्स्टिच्युट र भारत बायोटेकबाट खोप खरिद गरी नेपालसहित छिमेकी मुलुकलाई कोरोना खोप निर्यात गर्न लागेको हो ।

हाल छलफको चरणमा रहेको सो भारतीय योजनाअनुसार केही सहयोगमा रुपमा निःशुल्क कोरोना खोप प्रदान गरिने टाइम्स अफ इण्डियाले जनाएको छ । यही जनवरी १६ बाट कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गर्न लागेको भारतले अबको दुई साताभित्र कोरोना खोप निर्यात गर्ने तयारी गरेको छ ।

भारतीय सरकारी अधिकारीले नेपालसहित ६ छिमेकी मुलुकलाई दुई करोड कोरोना खोपको डोज उपलब्ध गराउने योजना बनाइरहेका बेला भारत बायोटेक र सेरम इन्स्टिच्युटले भने हालसम्म कुनै जानकारी दिएको छैन ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

4 + one =