बधाई ! माउन्ट केटुको सफल आरोहरण गरेर १० नेपालीले रचे इतिहास

एजेन्सी । १० जना नेपालीको पर्वताराेही टीमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्दा अग्लो हिमाल केटु आरोहण गरेर उनीहरुले विश्व रेकर्ड बनाएका हुन् । टीमका एक सदस्य निर्मल पुर्जाका अनुसार उनीहरु पाकिस्तानी समय अनुसार साँझ ५ बजे केटु हिमालको शिखरमा पुगेका थिए ।

उनीहरुले ८ हजार ६ सय ११ मिटर अग्लो हिमाल आरोहण गरेका हुन् । अघिल्लो साता मात्र स्पेनका एक पर्वतारोही हिमाल चढ्ने क्रममा गोडा चिप्लिएर लड्दा मृत्यु भएको थियो । याे हिमाल अहिलेसम्म कसैले पनि आराेहण गर्न सकेका छैनन् ।

केटु हिमाल सगरमाथा भन्दा २ सय मिटर कम उचाइको छ । यो काराकोरम पर्वत श्रृंखलामा पर्दछ । पाकिस्तान–चीनको सीमामा रहेको यो केटु हिमाल ८ हजार मिटर भन्दा बढीको १४ हिमालमध्ये एक हो ।

लामो समयदेखि यो पर्वतलाई सबैभन्दा खतरनाक मानिएको थियो । अमेरिकी पर्वतारोही जर्ज बेलले सन् १९५३ मा केटु हिमाल चढ्ने कोसिस गरे पनि असफल भए र उनको मृत्यु भयो । सुरुमा नेपाली पर्वतारोहीको चारवटा टीम पर्वतारोहणका लागि निस्किएको थियो, जसमा ६० जना थिए । तर, अन्तिममा १० जनाले मात्र सफल आरोहण गरे । उनीहरुले केटु हिमाल चढेसँगै नेपालको नाममा ऐतिहासिक उपलब्धि दर्ता भएकाे छ ।

नेपाली शेर्पाहरु यस्ता खतरनाक हिमाल आरोहणमा संसारमै प्रसिद्ध छन् । संसारको उच्च शिखर सगरमाथा आरोहणको कीर्तिमान शेर्पा (तेन्जिङ नोर्गे शेर्पा) जातिमै रहेझै दोस्रो हिमाल आरोहणको कीर्तिमान पनि शेर्पा र नेपाली जातिकै नाममा रहन पुगेको हो ।

निर्मल पुर्जाले नेपाली टीमले विश्वकाे दाेस्राे शिखर केटुमा पहिलाे पाइला राखेकाे सफलता सामाजिक सञ्जालमा सेयर गर्नुभएकाे छ । उहाँले भन्नुभएको छ, ‘मानव जातिको इतिहासको हिस्सा भएकोमा हामीलाई गर्व छ । साथ मिलेर र एक सकारात्मक मानसिकताले सीमाहरुलाई पनि तोड्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।’

पहिलो पटक सन् १९८७ देखि १९८८ मा केही पर्वतारोहीले केटु हिमाल आरोहण गर्ने कोसिस गरे पनि अहिलेसम्म कोही पनि ७ हजार ६ सय ५० मिटरभन्दा माथि जान सकेका थिएनन् । पर्वतारोही कामिरीता शेर्पाले नेपाली पर्वतारोहणको इतिहासमा यसले नयाँ आयाम थपेको बताउनुभयो । उहाँले १० नेपालीले आफ्नो बहादुरी र साहसले केटु हिमाल आरोहण गर्दै इतिहास रचेका छन् । कामिरीता २४ पटक सगरमाथा आरोहण गर्ने पर्वतारोही हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ thirty five = forty one