चिनियाँ सैनिकले गरे ठुलो भारतिय भुमि कब्जा , भारतिय सेना निरिह

एजेन्सी, ३ असोज । चीन-भारत सीमामा चिनियाँ सैनिकले भारतीय सैनिकले गस्ती गर्ने १० भन्दा बढी स्थान कब्जा गरेका छन् । भारतीय समाचार माध्यमहरुका अनुसार चिनियाँ सैनिकहरुले चीन भारत सीमा क्षेत्रको पूर्वी लद्दाख क्षेत्रको सीमामा भारतीय सैनिकले गस्ती गर्ने स्थानहरु कब्जा गरेको हो ।

समाचार अनुसार वास्तविक नियन्त्रण रेखा (एलएसी)मा गस्ती गर्ने भारतीय सेनालाई सो सीमा क्षेत्रमा प्रवेश गर्न दिएका छैनन् । यसबारे भारतको अंग्रेजी पत्रिका ‘द हिन्दू’ले प्रकाशित गरेको खबरमा छ ।

उसका अनुसार उत्तरमा डेपसाङ्ग मैदानदेखि दक्षिणमा प्याङ्गोङ्ग तालसम्मका १० वटा पेट्रोलिङ्ग प्वाइन्टमा चिनियाँ सैनिकका कारण भारतीय सैनिक सीमा क्षेत्रमा गस्ती जान सकेका छन् । भारतीय सैनिकहरु गत अप्रिलदेखि नै ९, १०, ११, १२, १२ ए, १३, १४, १५, १७ र १७ ए पेट्रोलिङ्ग प्वाइन्टमा गस्ती गर्न नपाएको भारतीय समाचार माध्यमहरुको भनाइ छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ sixty seven = seventy four