खुशीको खबर ! भारतले अनुदान दिएको कोरोना विरुद्धको खोप आज नेपाल आइपुग्दै

काठमाडौं : भारतले नेपाललाई १० लाख डोज कोरोनाको खोप अनुदानमा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरि उक्त जानकारी गराएको हो ।

भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ को पहिलो खेप बिहीबार नै आइपुग्ने पनि स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।

मन्त्रालयले खोप आएको एक साताभित्रै लगाउन थाल्ने जनाएको छ । खोप अभियान ७७ जिल्लाबाटै शुरु गरिने पनि मन्त्रालयले जनाएको छ ।भारतले नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार लगायत ६ देशलाई कोरोनाको खोप अनुदानमा दिन लागेको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty six ÷ 23 =