काठमाडौँ उपत्यकामा आज ७ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : काठमाडौं उपत्यकामा थप ७ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंका ५ सय ७०, ललितपुरका ५८ जना र भक्तपुरका ८३ जना रहेका छन्।

त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप २ हजार २० जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ६१ हजार ५९३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ८७१ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ४३ हजार ८२० जना रहेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३९० पुगेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

90 ÷ ten =