प्रधानमन्त्री ओलीले भने : निर्वाचन तोकिएको समयमा हुन्छ

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा निर्वाचन हुने दाबी गर्नुभएको छ । दाङको राप्ती गाउँपालिकाको लालमटियामा आफू निकट (नेकपा) जिल्ला संगठनले आयोजना गरेको वृहत जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयमै निर्वाचन हुने दाबी गर्नुभयो ।

उहाँले देश निर्वाचनको बाटोमा गइसकेको भन्दै ओलीले निर्वाचन गराउँदैनन् भन्नेको पछि नलागी चुनावको तयारीमा लाग्न समेत आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई लक्षित गर्दै बाटो बिराएको मान्छेको संज्ञा दिनुभयो । उहाँले देश विकासको लहरमा लागिसकेको बताउनुभयो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixteen ÷ sixteen =