माधव कुमार नेपाल भन्छन : ‘संसद पूनःस्थापना हुन्छ, ओली अस्ताउँदै गरेको सूर्य बोकेर विदा हुँदैछन्’

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले संसद पूनःस्थापना हुने केपी ओलीको बहिर्गमन हुनुको विकल्प नभएको टिप्पणी गरेका छन् । आज (शनिबार) उक्त समूहले सुदुरपश्चिको धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

नेपालले भने, ‘संसद पुनर्स्थापना हुन्छ, केपी ओलीको बहिर्गमन हुन्छ, त्यसबाहेक अर्को विकल्प छैन । केपी ओली अस्ताउँदा सूर्य हुन्, त्यसैले अर्को पार्टी खोले एमाले । त्यो पार्टीको चिन्ह डाँडामा अस्ताउँदो सूर्य छ । त्यही अस्ताउँदै गरेको सूर्य बोकेर ओली विदा हुँदैछन् ।’

उनले केपी ओलीले राम्ररी पार्टी चलाउन नसकेका पनि गम्भीर आरोप लगाए । उनले भने,‘कुर्सीको तानातानका लागि होइन, न त ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन खोज्दा नै हो, समस्याको कुरो चुरो भनेको नै ओलीले राम्ररी पार्टी चलाउन नसक्नु हो । हामीले ओलीलाई सुधार्नको लागि धेरै प्रयास गरेका थियौं । तर, उनी सुध्रिएनन् । तपाईहरु पनि उनको धेरै चिन्ता नलिनुहोस् ।’ उनले ओली काम गर्ने भन्दापनि बिगार्ने र काम नगर्ने व्यक्ति भएको टिप्पणी गरे ।

सम्बोधनको क्रममा अध्यक्ष नेपालले ओली नेतृत्वको सरकारले निर्मला पन्तको हत्यारा पत्ता लाउन काम नगरेको पनि गुनासो पोखे । उनले भने–निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा ओली सरकारको पहिलो गाँसमै झिंगा पसेको मैले मनमनै सोचेको थिएँ । केपी ओली सरकारको पहिलो गाँसमा नै झिंगा पस्यो । उनको सरकार बनेलगत्तै निर्मला हत्याकाण्ड भयो । अब यसको लक्षण राम्रो छैन भन्न लागेको थियो । लक्षणबाटै थाहा भयो यसले राम्रो ढंगले काम गर्दैन ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− three = 2