खानेपानी मन्त्री थापाले सम्बोधनकै क्रममा जब ‘श्री ५ को सरकार’ भने…! ( हेर्नुस भिडियो )

सुर्खेत : खानेपानी मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता मणि थापाले सम्बोधनका क्रममा ‘श्री ५ को सरकार’ भनेको विषय अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । मन्त्रीले नै श्री ५ को सरकार भनेपछि आलोचकलाई ‘मसला’ समेत बनेको छ ।

सामाजिक सञ्जालमा ‘श्री ५ को सन्देश बोकेर मणि थापा सुर्खेत पुगेको भन्दै’ व्याग्यात्मक रुपमा उनको अभिव्यक्ति भाइरल बनाइएको छ । उनले सम्बोधनका क्रममा नेपाल सरकारको सट्टा ‘श्री ५ को सरकार’ भन्दै सम्बोधन गरेका थिए । तत्काल उनले गल्ती सच्याए पनि उनी अहिले ‘आलोचनाका पात्र’ बनेका छन् ।

उनले सम्बोधनको सुरुमा ‘सुर्खेतका जनसमुदायहरूलाई स्वागत गर्दछु’ भने। त्यसपछि थापाले, ‘सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आसिन हुनुहुन्छ। यहाँ उपस्थित सुर्खेतका जनसमुदायहरूलाई नेकपा स्थायी कमिटी र श्री ५ को सरकारबाट स्वागत गर्न चाहन्छु,’ भनेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× five = 30