ओलीले हिन्दुराष्ट्र घोषण गरे जनताले समर्थन गर्छन्

काठमाडाैं : राप्रपाका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई साँच्चै हिन्दु राष्ट्र घोषणा गर्ने हो भने अधिकांश नेपाली जनताले समर्थन गर्ने दावी गरेका छन् ।

नेकपा प्रचण्ड नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले ओलीले माघ २३ गतेको कार्यक्रमबाट हिन्दुराष्ट्र घोषणा गर्न लागेको ‘विवादास्पद’ अभिव्यक्ति दिएपछि लोहनीको यस्तो प्रतिक्रिया आएका हो ।

पाण्डेले आइतबार माइतीघरमा प्रचण्ड नेपालको धर्ना कार्यक्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओली देशलाई हिन्दु राष्ट्र बनाउने योजनामा लागेको बताएका थिए ।

पाण्डेको अभिव्यक्तिपछि लोहनीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भुपू अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीजीले माघ २३ गते नेपाल हिन्दू राष्ट्र हुनु पर्ने कुराको घोषणा गर्ने भनी बोलेको सामाजिक सञ्जालमा पढियो। यदि ओलीजीले यो गर्नुभयो भने अधिकांश नेपाली जनताले त्यसलाई समर्थन गर्ने छन् ।’ लोहनीको पार्टी राप्रपाले देशलाई हिन्दु राष्ट्र बनाइनुपर्नेमा जोड दिँदै आएको छ ।

‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया आज

प्रधानमन्त्री केपी शर्मा ओलीले आज खेलाडी तथा खेलकर्मीहरुसँग अन्तरक्रिया गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना ‘खेलकुदसँग प्रधानमन्त्री’ नामक अन्तरक्रिया कार्यक्रम गर्न लागिएको हो । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ बजे सुरु हुने कार्यक्रममा खेलकर्मीले राखेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ सहित सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली खेलकुदका बारेमा जानकारी लिनेछन भने आवश्यक निर्देशन दिने राखेपले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली खेलकुदको विकास र विस्तार तथा समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको राखेपले जानकारी दिएको हो ।

कार्यक्रममा ओलम्पियन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, विभिन्न खेलका प्रशिक्षक, विभिन्न सङ्घ संस्थाका पदाधिकारी, कर्मचारीलगायतको उपस्थिति रहनेछ । सो अवसरमा युवा तथा खेलकुदमन्त्री र सदस्य सचिवले नेपालको खेलकुदको अवस्थाका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउनेछन् ।

खेलकुदसँग प्रधानमन्त्री कार्यक्रममा खेलाडीले सोझै प्रधानमन्त्रीसँग अन्तरक्रिया गर्न पाउने राखेपले जनाएको छ । नेकपाको विवाद उत्कर्षमा पुगेको बेला हुन लागेको यो कार्यक्रमलाई राजनीतिक महत्वसँग जोडेर पनि हेरिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty four ÷ three =