रामकुमारी झाँक्रीलाई विद्याकी छोरीको प्रश्न- तपाईं मेरो आमाको सारीमा प्रश्न उठाउने को हो ?

काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई राष्ट्रपति विद्या भण्डारीकी छोरी उषा किरणले प्रश्नैप्रश्न गरेकी छिन् । नेतृ झाँक्रीले आफ्नी आमालाई जोडेर दिएको अभिव्यक्तिप्रति चित्त दुखाउँदै उनले सामाजिक सञ्जालमा प्रश्न गरेकी हुन् ।

सामाजिक सञ्जालमा शेयर गरिएको सन्देशमा मार्मिक प्रश्न र सन्दर्भहरु उल्लेख गरिएको छ । मदनको निधनपछि विद्याले मदनको रुचिको अचार पनि बनाउन छाडेको प्रसंग पनि सन्देशमा उल्लेख गरिएको छ ।

उषाकिरणले लेखेकी छिन्-

मेरो आमाले मलाई बोलाउनु भयो । अनि भन्नुभयो- सबै लिडरसिपमा रहेका महिलाहरूलाई घिनलाग्दो आक्षेप लगाउछन्- पहिलेको समयमा इन्दिरा गान्धीदेखि अन्तराष्ट्रिय जगतको कुरा गर्दा एङ्गेला मर्केलको उदाहरण दिनुभयो ।आमाको मन हो- आफ्नो घाउ देखाउनुभएन । छोरीहरूमाथि यस्तो घटनाक्रमले पारेको आहतमा मलम लगाउन र हिम्मत दिन कोशिश गर्नुभयो ।

मेरो आमाको बारेमा तथानाम भन्न थालेको लगभग २०५२/५३ देखि हो- यो शुरू गर्ने पत्रकार अहिले retired वरिष्ठ पत्रकार र ठूलो नागरिक अगुवा भइसके । उनीहरूका नयाँ र neo अवतार अहिले छन् । म त्योबेला ११ वर्ष जति थिएँ, आमाले फोनमा भन्नुहुँदैथियो- ‘म किन अभियानमा ननिस्किनु !? किन घरमा लुक्नु !? उनीहरुले यही चाहेर यो सब गर्दैछन्- म भाग्दिनँ ।’

मलाई त्यो दिनदेखlनै हिम्मत प्राप्त भयो । आमाले हामीलाई आफ्नो साहस र दृढताबाट शिक्षित गर्नुभएको छ ।

एक महिनाअघि मैले यहीं (फेसबुकमा) भनेको थिएँ- अदृश्य cyber bully बाट अब सडकमा नारा लाउन शुरु भयो- हामीले आवाज बुलन्द नगरे यस्तो अपराधले झन ठूलो रूप लिन्छ- एक महिना नबित्दै त्यही भयो।
यहाँ रामकुमारी झाँक्रीलाई आफ्नो युवा नेता मान्नेले झाँक्रीलाई सुनाइदिनु-
१) गल्ती सेतो सारीमा होईन गल्ती दृष्टिकोणमा छ ।
२) गलत चुनाव लडाउनु होईन, उहाँमाथि त्यसबेलाका शीर्षनेताले गरेको व्यवहार र बोलीमा थियो- अहिले उहाँ तपाईंको शीर्ष नेता हुनुहुन्छ- सोध्नुहोस गएर !
३) तपाईं कम्युनिष्ट स्कूलिश्रको हो भने- सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नु पर्ने- मेरो आमा एउटा अकल्पनिय घटना सामना गर्दै हुनुहुन्थियो- तपाईं सेतो सारीको कुरा गर्नु हुन्छ- हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा सेतै भित्ता थिए- उहाँले ड्याडी (मदन भण्डारी) लाई मनपर्ने खाना/अचार बनाउन छोडनुभयो- उहाँका स-साना छोरीहरू हामीले प्रश्न उठाएनौं, तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो !? हामी ९/१० वर्षकाले बुझयौ उहाँ tragedy संग cope गर्ने कोशिशमा यो सब गर्दै हुनुहुन्थियो- तपाईं महिला, ठूलो मान्छे भएर यति बुझनु भएन !!?

तपाईंलाई अर्को कुरा भन्छु- दसैंमा टिका ग्रहणपनि राष्ट्रपति भएपछि बाध्यात्मक अवस्था भएर लाउनु भयो- राष्ट्र प्रमुखको निधार खाली हुनुहुँदैन भन्ने मान्यताले गर्दा- उहाँको बुढी आमाले उहाँलाई प्रश्न गर्नु भएन जमरा मात्रै हातमा दिँदा- तपाईं भीड जम्मा गरेर किन सांस्कृतिक क्रान्ति नगरेको भनेर प्रश्न गर्ने को हो !? Tragedy cope गर्ने हरेकको आफ्नो आफ्नो बाटो हुन्छ- जुन बाटो स्वयम् त्यो व्यक्तिले पनि voluntarily रोजेको होईन। हरेक कुरा नाफा र नोक्सानमा तुलना गर्न सकिँदैन । यदि तपाईंलाई लाग्छ आफ्नो माया आफ्नो जीवनसाथी भन्दा माथि career महत्वकांक्षा हो भने- ठाउँ साटौं- तपाईं उहाँको सिन्दूर पोते रातो सारी, हाम्रो daddy, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस् । अनि तपाईंलाई हामीसँग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ- लिएर जानुस् ।

झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएको ले यो छोरीको प्रश्न सुनाइदिनू ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

83 + = eighty four