इन्डियन लाहुरे राहुल र छोरीलाई छोडेर हिडेकी उनकी श्रीमती स्मिता अन्तिम पटक एकैसाथ चल्यो रुवाबासी ( हेर्नुस भिडियो )

काठमाडौं : तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडेकी उनकी श्रीमतीको जिवनमा फेरी अर्को मोड आएको छ । उनी श्रीमानको घरवाट हराएको एक महिना पछि काठमाडौको होटलमा अर्का एक पुरुषसंग फेला परेकी थिइन् । अहिले उनी पछुतोको आँशु झारेकी छन् । उनले आफु ठूलो संकटवाट जोगिएको भनेकी छन् । उनले यसरी आफ्नो खोजी गरेर फेला नपारेको भए आफु यो संसारमै रहन्थीन होला उनले भनिन् । राहुलको श्रीमती जनकपुरका नारायण यादवसंग काठमाडौमा भेटिएकी थिइन् । नारायणसंग सामाजिक सञ्जाल मार्फत कुराकानी भएको बताइन् । उनले नारायणले आफुलाई निकै सम्मान दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्रभावित भएको बताएकी छन् ।

नारायणले कुराकानी हुँदै जाँदा प्रेम बसेको बताइन् । नारायणले आफुलाई अविवाहित हो भनेर भनेका थिए । आफ्नो परिवारमा एक जना भाइ वाहेक कोही छैन भनेका थिए । उसको कुरा र ब्यवहारमा आफु लठ्ठ परेको बताइन् । नारायणले बोलाएकै कारण आफु भेट्न काठमाडौ आएको बताइन् । भिडियो सार्वजनिक भएपछि राहुलसंग विवाह गर्छु भनेर कैयौं युवतीको फोन आएको कुरा युट्युवरले सुनाउँदा स्मीता निकै भावुक भएकी छन् ।

आफ्नो सानी छोरीलाई विद्यालय छोड्न भन्दै हिडेकी थिइन् । उनी त्यस पछि घर फर्किइनन् । उनी उतैवाट हराइन् । तर अहिले केही समय पछि उनको श्रीमती स्मीता जनकपुरको नारायण यादवसंग काठमाडौको गौशाला स्थित एक होटलमा करिब एक महिना देखि बस्दै आएको पत्ता लागेको छ । ् आफ्नो घर जनकपुर भएको बताउने नारायणले आफ्नो परिवारमा कोही नभएको बताएका छन् । राहुलको परिवारका सदस्यले स्मीतालाई होटलमा नारायणसंग फेला पारेका हुन् । स्मीताले आफु आफ्नै मर्जीले नारायणसंग आएको बताएकी छन् । उनले आफु जागिरको शिलशिलामा आएको बताएकी छन् ।

स्मीता हराएपछि उनको माइतीले आफ्नो छोरीलाई गायब बनाएको आरोप राहुलको परिवारलाई लगाएका थिए । स्मीताले आफुसंग भएको मोवाइल र सुन आफैले बेचेको बताएकी छन् । उनले आफ्नो इच्छाले नारायणको साथमा आएको भन्दै राहुलको परिवारसंग नडराउने पनि बताइदिइन् । काठमाडौको होटलमा स्मीता फेला परेपछि राहुलको परिवारले भिडियो कल मार्फत स्मीताको माइतीलाई त्यसबारे जानकारी दिएका छन् । तर स्मीताले भने आफ्नो दिदीहरुको सम्पर्कमा रहेको बताइन् । उनले एक दिन अघि आफ्नो दिदीलाई आफुले आफ्नो जिन्दगीको निर्णय गरेको भनेर जानकारी दिएको पनि बताइदिइन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five + five =