भर्खरै दाहाल(नेपाल समूह)को अनेरास्ववियुले गर्‍यो काठमान्डौं चक्काजाम

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)दाहाल–नेपाल समूहनिकट विद्यार्थी संगठन अनेरास्ववियुले तेस्रो चरणको आन्दोलनअन्तर्गत बुधबार चक्काजाम गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध विद्यार्थीहरूले मुलुकभर चक्काजाम गरेका हुन् । बुधबार बिहान काठमाडौंको मीनभवन, प्रर्दशनीमार्गलगायतका स्थानमा चक्काजाम गरिएको हो ।

कालो कपडा निधारमा बाँधेर कालो झन्डा देखाउँदै प्रदर्शन गरेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली वि-रुद्ध नाराबाजी पनि गरेका थिए । सरकारको असंवैधानिक कदम नसच्याएसम्म आन्दोलन जारी रहने अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × 1 =