प्रचण्डकै अगाडि सर्वसाधारणले यसरी गरे बन्दको बिरोध, प्रचण्ड हेरेको हेरै

काठमाडौं । विभाजित सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको आम हड्ताल स्वतःस्फूर्त रुपमा नागरिकले अवज्ञा गरेका छन् । बिहीबार बिहान केहीबेर बन्दको प्रभाव परे पनि अहिले विस्तारै नागरिकहरुले बन्दको अवज्ञा गर्न थालेका हुन् । प्रचण्ड–नेपाल समूहको शीर्ष नेताहरु काठमाडौं उपत्यकाको विभिन्न चोकमा उपस्थित भएर बन्द गराउन खोजिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उनकी छोरीलगायतका नेताहरु कोटेश्वरमा बसेर नाराबाजी गरिरहेका छन् । तर, सोही क्षेत्रमा बन्दको विरोधमा केही सवारी चालकहरुले हर्न बजाएका छन् । प्रचण्ड सातदोबाटोबाट कोटेश्वर आउँदै गर्दा भक्तपुरतर्फबाट निजी सवारी साधनमा आएकाहरुले हर्न बजाएर विरोध जनाएका हुन् ।

सो क्षेत्रमा दुई र चार पांग्रे निजी सवारी साधन निर्वाध रुपमा चलेका छन् । उनीहरुले बन्दले जनताको पेट नभर्ने भन्दै अवज्ञा गरेको बताएका छन् । कार्यालय समयसँगै बन्दको अवज्ञा हुन थालेको हो । सार्वजनिक सवारी साधन पनि फाट्टफुट्ट सञ्चालनमा आउन थालेको छ । केही बस र ट्याम्पो सञ्चालनमा आएको देखिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनदेखि संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेर असंवैधानिक कदम चालेको भन्दै प्रचण्ड–नेपाल समूहले आज (बिहीबार) आमहड्तालको घोषणा गरेको हो । बन्दमा सवारी साधन चलाउन निषेध गरेको बताएको सो समूहको आमहड्तालमा नागरिकहरुले मोटरसाइकलसहित चार पांग्रे सवारी साधन चलाएर बन्दको अवज्ञा गरेका हुन् । क्यानडा नेपालबाट

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

8 + two =