चालक कुम्भनारायणको प्रश्न- देशको लागि आन्दोलन गरेको भन्नेहरुले म जस्तो गरीव मजदूरको ट्याक्सी ज’लाएर के पाए ? ( हेर्नुस भिडियो )

काठमाडौं । प्रचण्ड-माधव नेतृत्वको नेकपाले आम ह’ड्ताल आ’ह्वान गरेको विहानै कुम्भ नारायण श्रेष्ठ प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको आफ्नो ट्याक्सी निकालेर एक दिनको खर्च जोहो गर्न निस्केका थिए । तर, उनको ट्याक्सी ज’लेर खरानी भयो भने आफैं बल्लतल्ल जोगिए । ट्याक्सी चालक कुम्भनारायणले आफूलाई भित्रै राखेर दुईजना व्यक्तिले ट्याक्सीमा आ’गो लगाएको बताए ।

सिट बेल्ट खोलेर भाग्न केही बेर ढिला भएको भए आफू पनि ट्याक्सीसँगै ख’रानी हुने अवस्थाको वर्णन उनले यसरी गरे। आज विहान ४ बजे ट्क्यासी निकालेर म थापाथली पुगेँ । त्यहाँबाट सोह्रखुट्टेको टिप आयो । सोह्रखुट्टेमा प्यासेन्जर छाडेर फर्किन लाग्दा सामा खुसीको टिप आयो त्यहाँ पुर्याएपछि एकजना मान्छे आएर चाबहिल जाउँ भन्यो । विहानै अर्को टिप पनि पाइयो भनेर मैले बस्नुस् भनेँ ।

उनीहरु दुईजना रहेछन् । तर उनीहरुको उद्देश्य अर्कै रहेछ, हामी आ’न्दोलनकारी हौं भने । दाहिने तिरबाट एउटाले पे’ट्रोल छर्कियो ,देब्रेतिरबाट ढोका खोलेर अर्कोले सलाई को’रेर फाल्यो । म आत्तिएर केही सोच्नै सकिनँ । गाडीमा आगो हुरहुरी बलिसक्यो म सिटबेल्ट लगाएर बसेको थिएँ । अत्तालिएर केहीबेर सोच्नै सकिन,तर बल्लतल्ल निस्केर ज्यान जो’गाएँ । उनीहरुको उद्देश्य गाडी सहित मलाई पनि ज’लाउने रहेछ क्यारे । थोरै ढिलो भएको भए म पनि ट्याक्सीसँगै जल्थेँ ।

म मजदूर हो, गाडी साहुलाई मैले ट्याक्सी निकालेको पनि थाहा थिएन । ज’लेको थाहा भएपछि किन निकालेको भनेर उल्टै हप्काए । अहिले म केही सोच्न सकिरहेको छैन, मेरा बालबच्चा पाल्ने अरु कुनै उपाय छैन। देशको लागि आ’न्दोलन गरेको भन्नेहरुले म जस्तो गरीव मजदूरको ट्याक्सी जलाएर के पाए ? उनीहरुलाई कुर्सी पाउनका लागि हामी जस्ता सर्वहाराले कहिलेसम्म दुःख पाउने हो ?

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

3 × = twelve