पूर्वराजाले बन्दमा मुख खोले, भन्छन्- सत्ताको खेल जनताको मन जितेर खेलौं, बन्द गरेर होइन

काठमाडौं, २२ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहले बन्दको दिन मुख खोलेका छन् । विभाजित नेकपाको दाहाल-नेपाल समूहले गरेको आम हड्तालप्रति कडा प्रतिक्रिया दिँदै उनले मुख खोलेका हुन् ।

सामाजिक संजाल ट्वीटरमा ट्विट गर्दै पूर्व राजाले भनेका छन्, ‘जनताको दैनिकीमा ध्यान नदिइ आफ्नो राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरु रहेसम्म आम नागरिकलाई आफ्नो जीविका चलाउन पनि धौ धौ पर्न जान्छ ।’

पूर्व राजा शाहले अगाडि लेखेका छन्, ‘सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ, न कि बन्द, हड्ताल वा जनविरोधी कृयाकलापले। जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु कदापी सैह्य हुन्न ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 3