‘मुलुकलाई ओलीले अध्यारो सुरुङमा लैजाने प्रयास गर्दैछन्’:पुष्पकमल दाहाल‘प्रचण्ड’

काठमाडौँ : नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको केहि समयपछि नै केपी शर्मा ओलीमा व्यक्तिवाद देखिएको आरोप लगाएका छन् । शुक्रबार ललितपुरमा नेकपा ललितपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा दाहालले ओलीले एकता भएदेखि नै सहमति र समझदारी कायम गराउन नचाहेको र व्यक्तिवाद लाद्न खोजेको अरोप लगाएका हुन् ।

‘पार्टीमा सहमति र समझदारीको कुरा गर्ने बित्तिकै ओलीले फुटको धम्की दिने गरेको मैले पटक पटक सुनाईसकेँ,’ दाहालले भने, ‘ओलीको कम्युनिष्ट विरोधी कामले नै संघर्ष सुरु भएको हो । पटक–पटक ओलीले संविधान र लोकतन्त्रमाथि नै प्रहार गरे ।’

ओलीकै कारण जनताको उपलव्धी धरापमाा परेको, मुलुक अध्यारो सुरुङमा जाने खतरा रहेकाले आफुहरु जनतामाझ आएको पनि उनले बताए । दाहालले ७० प्रतिशत भन्दाबढी केन्द्रीय सदस्य आफूहसँग रहेकाले आफुहरू नै आधिकारीक नेकपा भएको दाबी गरे । उनले सोही अनुसार निर्वाचन आयोगमा पनि दाबी गरिएको जानकारी दिए ।

‘पार्टी ओलीले फुटाएको हो, हामीले होइन,’ उनले भने । नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधव कुमाार नेपालले ओलीमा अहंकार, व्यक्तिवाद हाबी भएको बताए । संविधान मिच्ने काम ओलीबाटै भएकोले उनी पदमा रहिरहन नमिल्ने पनि नेपालले बताए । कार्यक्रममा नेकपा दाहाल–नेपाल पक्षकी नेतृ पम्फा भूषालले सरकारको नेतृत्व गरिरहेका ओलीको प्रतिगमनलाई प्ररास्त गरिने बताइन । उनले ओलीमा सवार सबै खाले दम्भ छिट्टै सकिन पनि बताइन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty six − fifty four =