विदेशवाट श्रीमान घर आउँदा श्रीमतीको ९ महिनाको ग र्भ देखेपछि भयो बवाल (भिडियो हेर्नुस्)

काठमाडौ । दागंको बबई गाउँपालिका हापुरेमा श्रीमान विदेशमा भएको एक महिला गर्भवती भएपछि उनका श्रीमान मलाई न्याय दिलाइदिनु भन्दै मिडियामा आएका छन् । प्रहरी कार्यालयमा समेत न्याय माग्न जाँदा प्रहरीले महिलाको मात्र कुरा सुनेको र अर्कैको गर्भ बोकेकी महिलालाई आफुसंग जब र ज स्ती पठाएको भन्दै श्रीमान मिडियामा आएका हुन् ।

वैदेशिक रोजगारीका लागि महिलाका श्रीमान भारतको गोवा गएका थिए । मंसिरमा गोवा गएका श्रीमान असारमा घर फर्कदा उनी गर्भवती भएकी थिइन् । गाउँकै विरसिंह भन्ने ब्यक्तिको गर्भ हो भनेर महिलाले भनेका कारण उनका श्रीमान विक्रमले ति महिलाको अब जिम्मा नलिने बताएका छन् ।

आफु भारतमा वैदेशिक रोजगारीमा गएको बेलामा गाउँकै युवकको गर्भ बोकेको देखेपछि उनका श्रीमान म अन्यायमा परेँ भन्दै मिडिया बोलाएका हुन् । श्रीमानले अर्काको गर्भ स्वीकार गर्दिन भन्दै प्रहरी कार्यालय जाँदा प्रहरीले आफुलाई न्याय नदिएको विक्रमको भनाई छ । श्रीमानले श्रीमतीको ठुलो पेट देखेपछि के हो यो रु भनेर प्रश्न गरेका थिए । त्यतीबेला अर्कैको गर्भ हो भनेकी श्रीमतीले प्रहरी कार्यालयमा पुगेपछि भने श्रीमानकै हो भनिदिइन् । श्रीमानले म घरमा थिइन, यो सन्तान मेरो होइन भन्दा प्रहरीले प्रमाण मागे ।

उनका श्रीमान भन्छन्, ‘म भारत गएको आएको टिकट मागे, भारतमा जहाँ काम गरेको हो त्यहाँको हाजिरी लिएर आइज भने । मलाई यस्तो होला भन्ने के थाहा रु अब यतिबेला प्रमाण कसरी ल्याउने रु’ प्रहरीलाई प्रमाण दिन नसकेका कारण उनी अहिले अर्कैको गर्भ बोकेकी श्रीमतीसंगै बसेका छन् । प्रहरीले नमिल्ने घटना मिलाई दिएको भन्दै गाउँले विरोधमा उत्रिएका छन् । गाउँका महिलाले जसको गर्भ हो उसैले जिम्मा लिनुपर्ने भन्दै गाउँका महिला विरोधमा उत्रिएका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty three − = thirty eight