विनयजंग बस्‍नेतविरुद्ध दिइन् सपना रोकाले प्रह,रीमा उजुरी

काठमान्डौं : बेवारिस श,व अन्त्येष्टि गरेर चर्चामा आएकी सपना रोका मगरले विनयजंग बस्‍नेतविरुद्ध महानगरीय प्रह,री परिसर काठमाडौंमा जाहेरी दिएकी छन्। बेवा,रिसे श,व व्यवस्थापन गरेर बिबिसीको सय प्रभावशाली महिलाको सूचीमा पनि परेकी रोकाका ना,ङ्गा तस्बिर सार्वजनिक गरिदिने धम्की बस्नेतले दिँदै आएका छन्।

सपना सानैदेखि विनयजंगसँग बस्दै आएकी थिइन्। तर विवाद भएपछि बस्नेतले सपनाका ना,ङ्‍गा तस्बिर सार्वजनिक गरिदिने धम्की दिएका थिए। त्यसपछि सपनाले प्र,हरीमा जाहेरी दिएकी हुन्।

बस्नेतले युट्युब अन्तर्वार्ताका क्रममा आफूसँग पेनड्राइभमा सपनाका ना,ङ्गा तस्बिर रहेको भन्दै तिनलाई सार्वजनिक गरिदिने धम्की दिएका थिए। त्यसपछि सपनाले आइतबार काठमाडौं परिसरमा जाहेरी दिएको परिसर प्रमुख प्र,हरी वरिष्ठ उपरीक्षक एसएसपी अशोक सिंहले बताए।

‘अ,भद्र व्यवहार अन्तर्गत सपनाले दिएको जाहेरी दर्ता भइसकेको छ। प,क्राउ पुर्जी लिन एउटा टोलीलाई अ,दालत पठाएको छु,’ एसएसपी सिंहले भने, अदालतबाट पुर्जी आएपछि बस्नेतलाई प,क्राउ गर्छौं।’

यसअघि सपना र बस्नेतले मिलेर बे,वारिसे श,व जलाउने अभियान चलाएका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना लामो समय विनयजंग बस्नेतसँगै बसेकी थिइन्। पछिल्लो समय उनीहरुबीच विवाद चर्किएको छ। अहिले सपना र विनयजंगले अलग अलग आफ्ना गतिविधि गरिरहेका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 6 = two