बैतडीमाअन्धविश्वस चिर्दै छोरीहरुले दिए बुवालाई दागबत्ती…

बैतडी : बैतडीमा छोरीहरुले बुवालाई दागबत्ती दिएका छन । छोरीले श’वलाई छुनु हुदैन भन्ने मान्यतालाई त्याग्दै सिगास गाउपालिका- ७ का मृ’तक रामसिह ऐरका छोरी महेश्वरी, भतीजीहरु वर्षा र दुर्गा ऐरले मृतकका दाई हंसराम ऐर र धर्मसिह ऐरसँगै पाँचै जनाले दागबत्ती दिएका हुन । “भाई सानै ४ वर्षको छ । सन्तानले दागबत्ती दिने सास्त्रमा उल्लेख छ, छोरी पनि सन्तान नै भएकाले हामिले दागबत्ती दिएका हौ, छोरीलाई बिभेद हुनुहुदैन” छोरी महेश्वरीले भनिन ।

मृतक राम सिह ऐरकी जेठी छोरी महेश्वरी प्राबिधिक धारतर्फ भिमदत्त पोलीटेक्नीक इन्स्च्युटमा अध्यानरत छिन । ४५ वर्षीय रामसिह ऐरको वडा नं ८ को भौनेलीमाण्डौ नजिकको छाप्लेधारको भिरमा माघ ३० गते मृ’त भेटिएका थिए । उनि शिवलिङ् स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत थिए । २७ गते वडाबाट सिफारीस बनाउन पर्ने भएकाले बिदामा जान्छु भनि गएको पालिकाले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

5 × = fifteen