भागरथी घटना: दुई फेसबुकको सबै मेसेज डिलिट,भारतीय सिमबाट दाईलाई मात्र कल

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ब’ला’त्कारपछि ह’त्या भएको आइतबार १२ दिन पुग्यो। माघ २१ गते, बुधबार विद्यालय गएकी भट्ट सम्पर्कविहीन भएपछि खोजतलास गर्दा बिहीबार बेलुका घरनजिकै स्थानीय लबलेक वनमा उनको श’व भेटिएको थियो। त्यसयता प्रहरी निरन्तर अनुसन्धानमा लागिपरेको छ। तर, अझैसम्म घटनामा संलग्नको ठोस पहिचान गर्न सकेको छैन।

‘चिनजानकै व्यक्तिबाट भागरथीको ब’ला’त्कारपछि ह’त्या भएको हो भन्नेमा प्रहरी अलमलमा छैन’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘ह’त्याका लागि बाहिरबाट कोही आउनेतिर हामीले सोचेकै छैनौं। भागरथीलाई एकोहोरो पिछा गर्ने मान्छेतिरै हाम्रो अनुसन्धान पुगेको छ।’ घटना भएको १२ दिनसम्म आइपुग्दा अनुसन्धानको घेरा निकै साँघुरो भएको र अपराधी नजिक पुगेको प्रहरी दाबी गर्छ। प्रहरीको अहिलेसम्मको अनुसन्धानले भागरथीको ब’ला’त्कारपछि हत्या भएको घटनामा स्थानीय व्यक्तिकै संलग्नता रहेको अनुमान गरिएको छ। तर, अहिलेसम्म कसैलाई पक्राउ भने गरिएको छैन।

किशोरीको घर वरिपरी भारतीय सिमकार्डले समेत काम गर्ने भएपनि सीमापारीबाट आएर अपराध गर्न सक्ने सम्भावना ज्यादै न्यून रहेको प्रहरीको निश्कर्ष छ। किनभने घटनास्थलबाट यदि हिँडेरै सीमा पार गर्ने हो भने झुलाघाट र पिथौरागढ पुग्न झण्डै ७ घण्टा लाग्छ। त्यसकारण पनि सीमापारीबाट अपराध गर्ने सम्भावना ज्यादै न्यून रहेको प्रहरीको बुझाई छ।

दुई जना व्यक्ति प्रहरीको ‘उच्च निगरानी’मा

भागरथीले अपराधीलाई चिनेकै निश्कर्षमा प्रहरी पुगेको भएपनि अपराधको समय वरपर अपराधीसँग भागरथीको कुनै कुराकानी भएको पाइएको छैन। भागरथीको कल डिटेल्स रिपोर्ट (सिडिआर)मा भागरथी र अपराधीबीच पछिल्लो समय कुराकानी भएको देखिएको छैन। यसैले अब अनुसन्धान भागरथीको २१ गते अगाडीको क्रियाकलाप तथा काममा पुगेको छ। २१ गते भन्दा पहिले भागरथी विद्यालय बाहेक कहाँ गएकी थिइन्? सोधखोज गरे अनुसार भागरथीकै गाउँपालिकाका दुई जना व्यक्ति प्रहरीको उच्च निगरानीमा छन्।

दुई जनामध्ये एक जना त्यही दिन भारत गएको अनुसन्धानले देखाएको छ भने अर्को एकजना सार्वजजिक पद धारण गरेको व्यक्ति रहेको स्रोत बताउँछ। उनलाई भागरथीले केही दिन पहिले आफ्नो आवश्यक वा नगरी नहुने कामका लागि भेटेको देखिएको छ।

आवश्यक काम गर्ने सार्वजजिक पदधारण गरेका व्यक्तिले यो भएन, त्यो भएन भन्दै झुक्याउने गरेका अनुसन्धाना खुलेको छ। भागरथीकी आमाले पनि भनिन्, ‘त्यो व्यक्तिलाई छोरीले फोन गरेकी थिइन्। कहिले हुन्छ हाम्रो काम भनेर। एक दिन सुनेकी थिएँ। मोबाइलमा मेरो फोटोहरू पनि लगेकी हो छोरीले। तर, भोलि भोलि भन्दै दैनिक रूपमा भेट्न मात्र बोलाएर काम टार्ने गरेका थिए’, उनले भनिन्।

प्रहरीले अपराधीको नजिक पुगेको भनेको पनि यी दुई जना नै हो। उनीहरूलाई नियन्त्रणमा लिने धेरै आधार भएपनि ठोस प्रमाणबिना पक्राउ गर्ने मुडमा प्रहरी छैन। कञ्चनपुरकी निर्मला पन्तको घटना जस्तो अनावश्यक नगिजोलियोस् भन्नेमा प्रहरी सचेत छ। ‘हामी निगरानीमा राखेका व्यक्तिहरू नै अपराधी हुन् भन्ने ठोस प्रमाण खोज्दैछौं। अहिले आन्दोलन कम भएपछि स्थानीय नागरिक पनि सूचना दिन थालेका छन्’, अनुसन्धान गरिरहेको प्रहरी स्रोतले भन्यो।

दुई फेसबुकको सबै मेसेज डिलिट, भारतीय सिमबाट दाईलाई मात्र कल

भागरथीले प्रयोग गर्ने एनसेल, एनटीसी र भारतीय मोबाइलमा घटना भएको दिन कुनै पनि व्यक्तिसँग कुराकानी भएको नपाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यद्यपि, भागरथीले प्रयोग गर्ने भारतीय सिम कार्डको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तर, उनले भारतीय सिमबाट दाईलाई मात्र कल डायल गरेको देखिन्छ। भारतीय सिमकार्डबाट भारतमा रहेका दाईलाई फोन गर्ने रकम कम लाग्ने भएकाले उनले यो सिम प्रयोग गरेको देखिन्छ।

चडेपानीका अधिकांशका घरमा भारतीय सिमकार्ड छ। त्यसबाट इन्टरनेट डेटा सस्तो पर्ने भएकाले प्रयोग गरिएको हो। त्यसतर्फ प्रहरी अनुसन्धान पनि कम छ। लगभग त्यो पाटो प्रहरीले बन्द नै गरेको पनि देखिन्छ। भागरथीले प्रयोग गर्ने दुई फेसबुक भागरथी र भूमी भट्ट नाममा छन्। एक अनुसन्धान अधिकृतका अनुसार यी दुवै फेसबकुमा कसैसँग गरिएको कुराकानी छैन। अर्थात्, सबै डिलिट गरिएको छ।
यसबाट प्रहरीले कोसँग भागरथीको कुरा हुन्थो भने पत्ता लगाउन कठिन भएको छ। किनभनेयो मेसेज हेर्न फेसबुकको मुख्यालयमा सम्पर्क गर्नुपर्ने प्रहरी बताउँछ। निर्मला पन्त घटनाको अनुसन्धानको लागि मागेको फेसबुक मेसेज विवरण प्रहरीले अहिलेसम्म पाएको छैन।

१५ दिन मात्र विद्यालयमा हाजिर भएकी थिइन् भागरथी

भागरथी भट्ट कक्षा ११ र १२ गरेर १५ दिन मात्र हाजिर भएको विद्यालयले जनाएको छ। कक्षा ११ मा कोरोना महामारीले लकडाउन हुँदा केही दिन मात्र विद्यालय आउन पाइन्। कक्षा १२ मा केही ढिलो विद्यालय सञ्चालन भयो। तर, उनका बुवाको निधनका कारण भागरथी धेरै समयपछि मात्र विद्यालय जान पाइन्। यो १५ दिनमा न शिक्षकले राम्रोसँग उनलाई चिन्ने अवसर पाए, न त भागरथीले कुनै नजिकको साथी बनाउन पाइन्। प्रहरीका अनुसार विद्यालय र भागरथीका साथीसँगको सोधपुछ पनि सकिएको छ। उनी सनातन धर्म मावि खोचलेकमा व्यवस्थापन संकायमा अध्ययनरत थिइन्।

भागरथीका काका के भन्छन्?

घटनास्थलको भूगोल र प्रकृति हेर्दा पनि घटना स्थानीय व्यक्तिबाटै भएको सर्वसाधारण र आफन्तको आशंका छ। जुन स्थानमा भागरथीको श’व भेटिएको छ, सो स्थान भागरथी पढ्ने स्थानीय सनातम धर्म मावि, खोचलेकबाट करिब आधा घण्टाको पैदल दूरीमा पर्छ। बजारबाट केही उकालो बाटो हुँदै भर्खर खनिएको कच्ची सडक हुँदै घटनास्थल पुग्न सकिन्छ। केही खोल्सो परेको स्थानमा भेटिएको श’वको वरिपरी डेढ मिटर उचाइका वनमाराका बुट्यानहरू छन्। मुख्य सडकबाट करिब ७० मिटर तल ओरालो भागमा रहेको घटनास्थल माथि सडकमा हिँड्नेहरूले सजिलै देख्न भने सक्दैनन्। त्यसकारण पनि अपराधीले एकान्त ठाउँ रोजेको प्रहरीको निश्कर्ष छ।

घटनास्थल र घटनाको प्रकृति हेर्दा कुनै नयाँ अपराधी आएर घटना गराउन सक्ने सम्भावना ज्यादै न्यून रहेको र घटनामा संलग्न अपराधी पहिलेदेखि नै बाटो ढुकेर बसेको हुनसक्ने प्रहरीको बुझाइ छ। तर, सर्वसाधारण भने घटना त्यहीँ भएको हो भनेर पत्याउने अवस्थामा छैनन्। ‘दिउँसै त्यहाँ ब’ला’त्कारपछि ह’त्या होला भने मलाई लाग्दैन, किनकी त्यहाँ भन्दा चार-पाँच सय मिटर पर त फिड बनाउने धेरै मजदूर कार्यरत छन्। सडकमा ट्क्याटर पनि गुडिरहेका हुन्छन्’, भागरथीका काका शिवराज भट्टले भने, ‘अपहरणपछि ब’ला’त्कार र त्यसपछि घर पुर्‍याउने भन्दै ह’त्या भएको जस्तो लाग्छ। तर, प्रहरीले २ बजेर ४७ मिनेटमा त्यहीँ मोबाइल अफ भएको छ भनेकाले विश्वास गर्नु पर्ने भयो।’

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरीले एसएसपी जनकराज पाण्डेयको नेतृत्वमा सिआइबीका टोलीसहित भोलिपल्टै घटनास्थल पठाएको थियो। त्यसको अर्को दिन अर्थात् माघ २४ गतेदेखि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डिआइजी उत्तम सुवेदी पनि घटनास्थलमै बसेर अनुसन्धान गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नारायणप्रसाद अधिकारी लगायतका अधिकांश प्रहरी अधिकृत पनि यतिबेला घटनास्थलमै खटिएर अनुसनधान गरिरहेका छन्।

घटनापछि गाउँ नै त्रा’समा

स्कुल पढ्न गएकी भागरथी भट्टको ब’ला’त्कारपछि ह’त्या भएको घटनाले अहिले उक्त क्षेत्रका स्थानीय त्र’सित छन्। आफ्ना सहकर्मीको ब’ला’त्कारपछि ह’त्या भएको घटनाले भागरथीका साथीहरू अहिले त्रासकाबीच विद्यालय जान बाध्य छन्। भागरथीको ब’ला’त्कारपछि ह’त्या भएको माघ २१ गतेबाट बन्द भएको विद्यालय बुधबारबाट मात्रै खुलेको थियो। तर, पनि विद्यार्थीहरू विद्यालय जानै डराइरहेको स्थानीय पूजा कपाडीले बताइन्। भागरथीको ह’त्या भएको लबलेक वनमा गोठालाहरू पनि समूहमा बस्ने गरेका छन्। शनिबार तथा विद्यालय विदाका दिन युवतीहरू त्यो जंगलमा गोठालो जाने गर्ने गर्छन्। तर, घटना भएदेखि उनीहरू पनि त्रसीत बनेका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four + one =