सपना रोकाको जाहेरीले पक्राउ पूर्जी जारी भएपछि विनयजंग बस्नेत फरार

काठमाडौं । बेवारिस शवहरुको व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेत र सपना रोका मगरबीचको विवाद प्रहरीसम्म पुगेको छ । बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपनाले दिएको जाहेरीअनुसार बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

सपनाले बस्नेतविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएपछि पक्राउ पूर्जी जारी गरिएको को महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पूर्जी जारी भएसँगै बस्नेतको खोजी भइरहेको परिसरले जनाएको छ ।

आफूहरुबीच बाबु छोरीको सम्बन्ध रहेको बताउँदै आएका उनीहरु बेवारिस शवहरुको व्यवस्थापन कार्यमा लाग्दै आएका थिए । सोही कार्यबाट सपना बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी हुन् ।

तर, अहिले उनीहरुबीच विवाद भएको छ । जसअनुसार केही दिन अघि बस्नेतले सपनाका आपत्तिजनक तस्बिरहरू आफूसँग रहेको र ति तस्बिर सार्वजनिक गरिदिने चेतावनी दिएका थिए । सोही विषयलाई लिएर सपनाले प्रहरीमा बस्नेतविरुद्ध अभद्र व्यवहार सम्बन्धमा जोहरी दिएकी हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × 1 =