राहुल र स्मिताको भन्दा अझै मार्मिक कथा,७ महिना परपुरुषसँग बसेकी श्रीमती फेरी स्वी,कारे,खुसीले दुबै रोए (भिडियो सहित)

मोरंग । बैदेशिक रोजगारीको क्रममा कमाएको सम्पत्ति कुम्लाएर पूर्व श्रीमानसँग भागेपछि पाँचथरको मिक्लाजुङ–१ का हिमाल राई न्यायको खोजीमा भौतारिएका छन् ।दुबईमा रहँदा सामाजिक सञ्जामा चिनजान भएर विवाह गरेका हिमाल यतिबेला न्याय खोजिरहेका हुन् ।

श्रीमान भूपाल राईसँग सम्बन्ध विच्छेद गरी बसेको र दुई छोरी रहेको बुद्धिमायाले बताएकी थिइन् । बुद्धिमायाको बेदना सुनेर हिमालको मन पग्लियो । र, दुबईबाट फर्किएर विहे पनि गरे । विहे गरेको ७ महिनापछि बुद्धिमाया ४ लाख रुपैया, सुनसहित पूर्व श्रीमान भूपालसँग भागेपछि यतिबेला न्याय खोज्दै भौतारिरहेका छन् ।

लेटाङ नगरपालिका–१ की बुद्धिमायासँग हिमालको सम्पर्क टुटेको छ । ‘दुई छोरीको आमा हुँदा पनि मैले उसको पीडा सुनेर विहे गरे’ उनले भाबुक हुँदै भने–‘अहिले मलाई रुवाएर गई ।’ श्रीमति बुद्धिमायालाई नगद र सुन फिर्ता गर्न उनले आग्रह गरेका छन् । उनले प्रहरी कार्यालयमा उजुरी दिँदा पनि चासो नदिएको उनले गुनासो गरे ।

यसैसाता श्रीमति बुद्धिमायासँग सम्पर्क गर्दा उल्टै धम्की दिएको उनले बताए ।हिमालकी दिदी निता राईले भाई सोझो भएकाले विदेशमा दुख गरेर कमाएको रकम लिएर बुहारी फरार भएको बताइन् । अहिले यो घटना मिलेको र जेठो श्रीमान संग खुसीले बसेको उनले बताएकी छिन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

8 × one =