“पढ्दा पढ्दै केटासंग मायामा परि भा’गेकी सपनाको श्रीमान् को हुन् त ? (यो हेर्नुहोस्)

काठमान्डौं : चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भा’गी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नस’केपछि घर न घा’टको भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको साथ छाडेर बरा’लिएकी सपनाले थुप्रै रात भो’क भो’कै बि’ताइन् ।

आत्मविश्वासका साथ ग’लत स’ङ्गतको द’ल द’लबाट निस्किएपछि १८ वर्षीया सपनाले शुरु गरेको बेवा’रिसे श’व व्यवस्थापन गर्ने कामले उनलाई विश्वकै प्रभावशाली १०० महिला बनाएको छ । बेलायतको ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन ९बिबीसी०ले संसारका १०० जना प्रभावशाली महिलाको सूचीमा राखेपछि सपनालाई ‘सपना’ जस्तै लागेको छ ।बिबीसीले सन् २०१३ देखि विश्वभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्दै आएको छ ।

यस वर्ष सपनासहित फिनल्याडकी प्रधानमन्त्री सान्ना म रिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङलगायत १०० जनाको सूची सार्वजनिक गरेको हो । सपनाले काठमाडौँमा अ’लपत्र अवस्थामा भेटिएका बे’वारिसे श’व,को दाह,संस्कार गर्दै आएकी छिन् । बेवा’रिसे श’व अस्पताल लगेर परीक्षण गर्नेदेखि पशुपति आर्यघा’टमा लगेर संस्कारअनुसार अ’न्त्येष्टि गराउने काममा सपना खटिएकी छिन् ।

उनले हालसम्म करिब ३०० बे’वारिसे श’वको व्यवस्थापन गरिसकेकी छिन् । विश्वमा थुप्रै मानिस घरबारवि’हीन छन् । सडकमै मृ’त्यु भएकाहरुको उचित अन्तिम संस्कार हुनुपर्छ । सपनाले भनिन्, “मैले यो काम समाजसेवाका लागि होइन, आत्मशान्तिका लागि गर्दै आएकी हूँ ।बिबीसीले प्रभावशाली महिलाको सूचीमा राखेपछि आभार प्रकट गर्दै रोकाले सामाजिक कार्यमा हौसला थपिएको प्रतिक्रिया दिइन् ।

सपनाले गाउँ र देशको नाम राखेको भन्दै स्थानीयवासीमा खुशीयाली छाएको स्थानीय कलाधर कँडेलले बताउनुभयो । अठार वर्षीय रोकाको घर मङ्गला गाउँपालिका–४ बुकेनी हो । रोकाले विसं २०७३ मा बरङ्जाको महेन्द्ररत्न माविबाट एसइई उत्तीर्ण गरिन् । कक्षा ११ पढ्न बेनी झरेकी उनी भागी विवाह गरेर बुटवल पुगेकी थिइन् । वैवाहिक जीवन अस’फल र परिवारबाट टाढिएपछि उनको मनमा ग’लत बाटो सोच पनि आउँथ्यो । जीवन अन्त्य नभएर सङ्घर्ष भन्ने धारणाले जीवनमा ‘युटर्न’ भएको रोका बताउँछिन् ।

भिनाजुको सहयोगमा बुटवलबाट म्याग्दी आएपछि सपनाले अध्ययनलाई निरन्तरता दिइन् । पोखरामा बसेर कक्षा १२ को पढाइलाई पूर्णता दिने क्रममा भेटिएकी सलिना बस्नेतसँगको मित्रताले सपनाको यात्रा समाजसेवातर्फ मोडियो । काठमाडौँमा बेवा’रिसे श’व व्यवस्थापन गर्दै आएको एक्सन फर सोसियल चेञ्जका अध्यक्ष विनयजङ्ग बस्नेतसँग सलिनाको माध्यमबाट चिनजान भयो । सलिनाकी बुवा विनयलाई सपनाले कर्मबुवा मान्छिन् ।

बस्नेतलाई साथ दिँदै सपनाले एक वर्षयता पशुपति आर्यघाटमा बे’वारिसे श’वको व्यवस्थापन र दा’ह संस्कार गर्छिन् । काठमाडौँका विभिन्न स्थानमा बे’वारिसे श’व भेटिएपछि दा’ह संस्कार गर्नका लागि सपनालाई सम्पर्क गर्छन् । कानूनी प्रक्रिया पूरा गरेपछि उनीले आर्यघा’टमा दागबत्ती दिने र दा’ह संस्कार गर्छिन् । सपना काठमाडौँका अस्पतालमा बेस’हाराको अभिभावकको रूपमा चिनिन्छिन् । कुनै समय म पनि सडकमै थिएँ, सडकको अनुभव मलाई पनि छ ।

आफु बिबिसीको १०० प्रभावशाली महिलाको सुचीमा परेपछि सबै प्रति आभार ब्यक्त गर्दै सपना यसो भन्छिन – ‘बिबिसीबाट विश्व भरी का १०० महिलाको छनोटमा तपाईहरुको माया साथ र सहयोगले मलाई छनोट गरिदिनु भएकोमा मेरो आदरणीय भगवान तपाईंहरु सबै प्रती आभार।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

90 ÷ thirty =