सके सहयोग नसके सेयर गरिदिनुहोला:आधा जीवन साउदीमा बित्यो, फर्केर आउँदा किड्नी ड्या,मेज

काठमाडौँ : संखुवासभाको मादी नगरपालिका–४ का प्रेमबहादुर स्याङ्गबोले जीवनको आधा खण्ड साउदीमा बिताए । सशस्त्र द्धन्दले आक्रान्त पारेको बेला साउदी हानिएका उनले त्यहाँ रहँदा पनि राम्रो काम पाउन सकेनन । जेनतेन दुःख गरी कमाएको १० लाख जति रकमबाट उनले गाउँमा सानो खेत जोडे । विदेशको दुःख, घरपरिवार छाडेर अरब भूमिमा रातदिन पसिना बगाउनुभन्दा आफ्नै देश फर्किएर जीवनभरको कमाईले जोडेको खेतको डल्ला फोडेर जीवन गुजारा गर्ने सोचसहित गाउँ फर्किए ।

तर उनको शरीरले विस्तारै साथ दिन छाड्यो । जिउ गल्दै गयो । उमेरमा अरबको गर्मी भूमिमा गरेको दुःखको असर विस्तारै देखिन थाल्यो । गत वर्ष शरीरमा समस्या आएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखाएका उनलाई चिकित्सकले मृगौलाको समस्या देखाउँदै राम्रो अस्पतालमा उपचारका लागि सिफारिस गरे । तर आर्थिक रुपमा समस्या परेका उनले ऋण धन जोहो गर्दा गर्दै गत चैत्रमा लकडाउन भएपनि देखाउन पाएनन ।

पछि देखाउन जाँदा थाहा भयो उनको मृगौलाले काम गर्न छाडिसकेको रहेछ । त्यो पनि एउटा हो र ? दुवै मृगौलाले । जीवनभर कहिल्यै सुखका दिन नदेखेका अब प्रेमबहादुरका थप दुःखका दिन अब सुरु भए ।

उनी भन्छन –‘बाँच्नै त पर्यो । झिटीगुम्टा कसेर विराटनगर झरेँ ।’ उनका भतिज साजन तामाङले उनलाई लिएर विराट नगरको विराट नर्सिङ होममा डायलाईसिस गराइरहेका छन । भतिज तामाङ भन्छन –‘मलाई बचाइदेओ भन्नुहुन्छ । आर्थिक अवस्था नै हिजो त धौ धौ थियो । अहिले त हप्तामा दुईपटक डायलाइसिस गराउनुपर्ने । अब त कसरी थेग्ने निकै सकस भैरहेको छ । ’उनको उपचारमा ५ लाख खर्च भैसकेको तामाङले बताए ।

त्यसो त स्याङ्गबोका दुई छोरा र एक छोरी पनि छिन । जेठो छोरा स्थानीय सडक निर्माणमा मजदुरी गर्छन । कान्छो छोरा पढ्दै छन । छोराछोरीबाट पनि आर्थिक जोहो हुन्न । श्रीमती खेती किसानी त गर्छिन तर उनको पनि खुट्टामा समस्या भएकाले खुट्टा राम्रोसँग टेक्नै सक्दिनन ।

किड्नी ट्रान्स्प्लान्ट दाता तयार तर प्रत्यारोपण गराउने शुल्क छैन

स्याङ्गबोका अनुसार नियमित डायलाइसिस भन्दा दीर्घकालिन उपचार मृगौला प्रत्यारोपण नै हो डाक्टरले उनलाई यसै गर्न सुझाव दिएका छन । उनलाई मृगौला दिन उनकी श्रीमती तयार पनि छिन । तर शुल्क छैन । श्रीमती काठमाडौँ ल्याएर उपचार गराउन लाग्ने शुल्क पनि नभएपछि अहिले कोही दाता भेटिन्छ कि भनेर स्याङ्गबोका भतिज निरन्तर पहल गरिरहेका छन ।

उनी भन्छन–‘मलाई बचाइदेओ भन्नुहुन्छ । सास छउन्जेल आश भन्छन । पहल त गर्नैपर्यो ।’ स्याङ्गबोले दुःखले जोडेको खेत बेच्न पनि नखोजेका होइनन ।‘ गाउँको खेत एक त किन्न पनि मानिस पाइन्न, पाइए पनि तोकेको रकम दिन कोही तयार छैनन । बैंकमा राखेर ऋण लिन पनि बैंकले उपचार गर्न लाग्नेजति रकम दिन्न । ’ उनले दुःखेसो पोखे । स्याङ्गबोले मिडियाबाट समाचार प्रकाशन भएपछि धेरथोर रकम जुटने आशा राखेका रहेछन ।

हामीसँगको भेटमा उनले भने –‘हजुरहरुले समाचार दिनुभएपछि धेरैतिर हात फैलाउन पर्दैन कि । ’ स्याङ्गबोको उपचारका लागि सहयोगी मनहरुले ग्लोबल आइएमई बैंकको इटहरीस्थित 5107010010246 नम्बरको खातामा रकम जम्मा गरिदिन सक्नेछन । साथै थप जिज्ञासा भएमा स्याङ्गबोका भतिज साजन तामाङलाई ९८४७८०३३६४ मा सम्पर्क गर्न सक्नेछन ।

Account Number : 5107010010246
Account Name : Prem Bahadur syangbo
Bank : Global Ime Bank
Branch : Itahari
Contact : 9847803364 (Sajan Tamang)

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ three = 1