काठमाडौंका ५११ सहित उपत्यकामा ६४७ संक्रमित थपिए

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६४७ सहित देशभर १ हजार ३५६ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । जसमध्ये काठमाडौँमा मात्रै ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोना संक्रमित थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ । त्यस्तै आज ८२३ संक्रमित डिस्चार्ज भएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× three = eighteen