साथीहरुलाई साक्षी राखेर एक रुपैयाँ पनि खर्च नगरी मन्दिर अगाडी आशिषले सोफियालाई सिन्दुर हालेर गरे विवाह (भिडियो हेर्नुहोस)

काठमाडौं : हिजो आज एक युवा युवतीले मन्दिर प्रांगणमा विना कुनै पण्डित आफ्नो साथीहरुलाई साक्षी राखेर विवाह गरेको भिडियो टिकटकमा भाइरल भइरहेको छ । ति युवा युवती हुन् आशिष बिक्रम शाही र सोफिया दानी।

आशिसले सिन्दुरको पोको खोले र सोफियाको सिउदोमा हालीदिए, त्यसपछि सोफियाले आशिसको खुट्टा ढोगे अनि एक आपसमा अंकमाल गरे । साक्षी साथीहरुले ताली बजाए । यसरी सम्पन्न भएको एक अनौठो विवाहको भिडियो टिकटकमा भाइरल मात्रै भइरहेको छैन । उनीहरुको उक्त कदमको धेरैले समर्थन र माया पनि गरेका छन ।

अचम्मको कुरा त के भने उनीहरुले उक्त महत्वपूर्ण कदम उठाउदै गर्दा उनीहरुको परिवारलाई थाहा थिएन । तर पछि परिवारलाई सबै कुरा बताए पनि उनीहरुको पनि सहमति मिलेको आशिस र सोफिया बताउछन । उनीहरुले सामान्य तरिकाले सिन्दुर लगाएर विना तामझाम विवाह गरेर विवाहमा लाग्ने खर्च आफ्नो भविष्यमा केहि गर्न खर्च गर्ने समेत बताए । सिन्दुर लगाउदै गरेको भिडियो र नवविवाहित जोडीसंग गरिएको कुराकानी यहाँबाट हेर्नुहोस ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

8 ÷ = one