प्रहरी हिरासतमा रहेका विनयको मोबाइल प्र’हरीले खोलेर हेर्दा सबै चकित

काठमाडौ । बीबीसीले सार्वजनिक गरेको विश्वका सय प्रभावशाली महिला ९सन् २०२०० को सूचीमा परेकी सपना रोकाले दिएको उजुरीका आधारमा पक्राउ परेका विनयजंग बस्नेतको मोवाइलमा सपनाका नराम्रा तस्बिर फेला परेका छन् । प्रहरीले सपनाका ति तस्बिर विनयजंगले कसरी प्राप्त गरे भन्ने विषयमा थप अनुसन्धान सुरु गरेको छ ।

वेवारिसे शव ब्यवस्थापनमा केही समय संगै काम गरेकी सपनाका बारेमा विनयजंगले अनावश्यक टिप्पणी गर्दै अ श्लि ल तस्बिर आफुसंग भएको र त्यो सार्वजनिक गरिदिने चेतावनी दिएपछि सपनाले उजुरी दिएकी थिइन् ।

विनयको नेतृत्वमा रहेको बेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा रहेर सपना बेवारिसे शव ब्यवस्थानको काम गर्थिन्। उनी विनयलाई बुबा भन्थिन्। विनयले पनि छोरी नै भनेर चिनाउँने गरेका थिए ।

तर एकाएक उनीहरूको सम्बन्ध बिग्रियो। सपनाले पनि आफ्नै संस्था दर्ता गरेर त्यस्तै काम अघि बढाउन थालिन् । त्यस पछि विनयले केही युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै सपनाका न ग्न तस्बिर आफूसँग रहेको र सार्वजनिक गरिदिने चेतावनी दिए। त्यसपछि सपनाले उनीविरुद्ध काठमाडौं प्रहरी परिसरमा उजुरी दिएकी हुन्।

जसका आधारमा प्रहरीले विनयलाई गोंगबुस्थित बसपार्कबाट यही फागुन ४ गते पक्राउ गरेर हिरासतमा राखेको छ। अनुसन्धान क्रममा विनयको मोबाइलमा सपनाका गोप्य तस्बिर राखेको पाइएकाले उनीविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिएका हुन्।

उनले ती तस्बिर कसरी पाए भन्ने पत्ता लगाउन विनयको मोबाइल प्रहरी प्रधान कार्यालय ९नक्साल० स्थित डिजिटल फरेन्सिक ल्याबमा पठाइएको प्रहरीले जनाएको छ। कारबाहीका लागि विनयविरुद्ध बिहीबार ५ दिन म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × = sixty four