लामो समयपछिको भेटमा पत्नि हिमानीसँग के के कुरा गरे पारसले ?

काठमाडौ । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहबीच लामो समयपछि भेट भएको छ । लामो समयदेखि टाढा रहेका यि दम्पत्तीबिच झापाको होटल मेची क्राउनमा पूर्वयुवराज दम्पत्तीबीच भेट भएको हो।

आमा कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरमा आमालाई शुभकामना दिन पुगेका पारसले सोही अवसरमा पत्नि हिमानीलाई भेट्ने अवसर पाएका हुन् । जन्मोत्सवका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले झापाको धुलाबारीस्थित मेची क्राउन होटेल एक साताका लागि बुक गरेको थियो ।

यसअघि पारसबाहेक राजपरिवारका सदस्य जन्मोत्सवमा सहभागी हुने बताइए पनि पोखरामा रमाउँदै गरेका उनी एकाएक मेची क्राउनमा पुगेपछि परिवारसँग लामो समयपछि यसरी भेटघाटको अवसर जुरेको बताइएको छ ।

पारस उक्त कार्यक्रममा पुगेपछि हिमानीसँग केही कुराकानी समेत भएको थियो । हिमानी र पारससहितको सपरिवारको तस्वीर अहिले सामाजिक सञ्जामा भाइरल बनेको छ । गत बुधबारदेखि नै पूर्वराजपरिवारका सदस्यहरु उक्त होटेलमै रहेको जनाइएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two + one =