काठमान्डौं : सदीक्षा बाँस्तोला अमेरिकाको टेक्सासमा पाइलटको तालिम लिइरहेकी थिइन् । पुस ५ गते राति अचानक फोनको घण्टी बज्यो । त्यसपछि जुरुक्क उठेकी उनी अहिले पनि राम्ररी सुत्न सकेकी छैनन् ।
दाजु प्रवीणको मृत्युको खबरले उनी घर फर्कने तयारीमा लागिन् । र, तीन दिनपछि उर्लाबारी आइपुगिन् । ‘सक्नै लागेको पढाइ गर्न त जीवन बाँकी छ । तर एक्लो दाजुको मुख फेरि हेर्न नपाउने भएकाले तत्काल प्लेन चढेर आएँ,’ उनले भनिन्, ‘घटनाबारे बुझ्दा दाजुको सा’मान्य मृ’त्यु न’भई ह’ त्या नै भए’को निष्कर्ष’मा पुगें ।’ पटकपटक गएर इलाका प्रहरी कार्यालय उर्लाबारीमा बुझ्दा अ’नुसन्धान भइरहेको भन्ने तर किटानी जाहेरी लिन नमान्ने गरेको उनले सुनाइन् ।
‘पो’स्टमार्टम रि’पोर्ट आए’पछि मात्रै कि’टानी जा’हेरी लियो ।
त्यसपछि सरकारी वकिलको कार्यालयले मु’द्दा न’चल्ने भ’न्दै दुई पटक फाइल फिर्ता गरेको पनि जानकारी पायौं ।’ ह’ त्या घ’टना भए पनि प्रहरीले संलग्न भए’को आ’रोप’मा प’क्राउ प’रेका’लाई अभद्र व्यवहारमा मुद्दा चलाएपछि झन् शंका थपिएको उनले बताइन् ।
कि’टानी जाहेरी दिएको ४र५ दिनमै पक्राउ परेकाहरू’लाई सरकारी वकिल कार्यालय विराटनगरको आदेशमा प्रहरी’ले छाडेको थियो । अ’नुसन्धान’मा प्रहरी’ले ढिलासुस्ती गर्दै घ’टना दबाउन खोजेको भन्दै आफन्तको साथमा सदीक्षा आइतबार इलाका प्रहरी कार्यालय पुगिन् । ‘कस्तो अ’नुसन्धा’न भइरहेको भनेर प्रहरीसँग सोधखोज गर्यौं ।
फाइल देखाउन दबाब दियौं,’ उनले भनिन्, ‘फाइल हेर्दा त दाजुको फोटोमा फोटोसप गरी अर्कै फोटो राखेको फेला पर्यो ।’ फर्जी फोटो राख्ने प्रहरीले अ’नुसन्धानमा अरू के–के गरेको होला भन्ने मनमा प्रश्न आएको उनले सुनाइन् । त्यसपछि उनले प्रहरी ला’प’रबाही’बारे जानकारी गराउँदै फेसबुकमा लाइभ गरिन् । उनले गरेको लाइभमा प्रहरीले तत्काल अर्को फाइल खडा गरेको समेत रेकर्ड भएको छ ।
ह’ त्या घटना’मा प्रहरी अनुसन्धानमा भएको ढिलासुस्ती, प्रहरीको शं’कास्प’द गतिविधि’लाई लिएर चौतर्फी सत्यतथ्य छान’बिन’को आवाज उठिरहेको छ । उनको अगुवाइमा भएको दबाब’ले जिल्ला प्रहरी मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा छानबिन टोलीसमेत गठन भएर अ’नुस’न्धान भइरहेको छ । सदीक्षाको आवाज’ले ह’त्या घट’ना न्यायालय’सम्म आइपुगे’को स्थानीय बताउँछन् । प्रमाण संकलनका लागि तत्काल लाइभ नगरेको भए आफूलाई ग’लत सावित गर्न बेर नलाग्ने उनको भनाइ छ । मु’द्दा अदालत’सम्म पुगेकाले अब न्याय नमर्ने उनले विश्वास गरिन् ।
सामान्य परिवारकी उनी स्थानीय माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेर काठमाडौंको एक इन्स्टिच्युटमा एयर होस्टेजको तालिम लिन्थिन् । सौर्य र श्री एयरलायन्समा काम गरेर उनी पाइलट कोर्सका लागि अमेरिका गइन् । उनको पढाइ सकिन चार महिना बाँकी छ । तर दाजुलाई न्या’य प्राप्तिको सुनिश्चितता नहुन्जेल नफर्किने उनको अठोट छ ।
‘सामाजिक सञ्जालको शक्ति यतिसम्म हुँदो रहेछ भन्ने मैले सोचेको थिइनँ,’ उनले भनिन्, ‘न्यायको यो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु ।’ कान्छी सदीक्षासहित तीन दिदीबहिनीका एक्ला माइती हुन्, प्रवीण । ‘दाइ अब फर्केर त आउन सक्नुहुन्न,’ उनी भन्छिन्, ‘न्याय पाए परिवारका सबैले कम्तीमा चित्त बुझाउँथे, त्यही भएर यत्तिका संघर्ष गर्नुपरेको छ । तर, न्यायको संघर्ष सकिएको छैन ।’