केपी ओली टुप्पीदेखि पैतालासम्म भ्रष्टाचारी हो भन्ने कुरा जनताले देखिसके:प्रचण्ड (भिडियो सहित)

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई केही तप्काले मन नपराएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा पत्रकार धमलाले केपी शर्मा ओलीका मान्छेहरुले भनिरहेका छन् प्रचण्डसँग धेरै धनसम्पत्ति छ, पैसा कमाएको छ भनेर प्रश्न सोधेका थिए ।

जवाफमा दाहालले भने–‘अब केपी ओलीसँग छैन्, प्रचण्डसँग छ रु कहाँ छ रु ल प्रमाणित गरेर देखाउनुपर्यो नि, झुठो कुरा गरेर, बेईमानीपूर्ण, प्रतिशोधपूर्ण निचताको पराकाष्ठा, म पोहोर परार दुवई गएको थिएँ, भनियो त्यहाँ २१ अर्ब प्रकाशको नाममा छ, यो भन्दा ठूलो झुठ, कति दिन भनियो रु त्यस्तो प्रचार कति दिन गरियो रु प्रकाश मरेर गयो, प्रकाशको नाममा दुवईको बैंककमा २१ अर्ब, एक पैसा दुनियाँको कुनै बैंकमा छ भनेर कसैले प्रमाणित गर्यो भने म जस्तोसुकै सजाय भोग्न तयार छु ।

कहीँ कतै, त्यही संसदको तलब मेरो चाहीँ एभरेष्ट बैंकमा, अलि अलि हुन्छ, अलि अलि बाँकी रहन्छ, त्यस्तो मान्छेलाई भन्ने, केपी जस्ताले फेरि, जो टुप्पीदेखि पैतालासम्म भ्रष्टाचार हो भन्ने कुरा जनताले देखिसके ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

97 − = ninety three