विप्लवलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइने, कहाँ छन् ‘विप्लव’ ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई काठमाडौं ल्याउन सरकारी पक्षले हेलिकोप्टर ‘स्ट्यान्डबाई’ राखेको छ । उच्च स्रोतका अनुसार एक निजी कम्पनीको हेलिकोप्टर ‘स्ट्यान्डबाई’ राखिएको हो ।सरकार र विप्लव समूहबीच आज भएको तीनबुँदे सहमतिपछि विप्लव सार्वजनिक हुने भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले भोलि राजधानीमा एक कार्यक्रमलाई संयुक्त रूरुपमा सम्बोधन गर्ने कार्यक्रम छ । विप्लव कहाँ छन् भन्ने खुलाइएको छैन ।स्रोतले भन्यो, “विप्लवलाई ल्याउन हेलिकोप्टर तयारी अवस्थामा छ । उनी कहाँ छन् थप जानकारी छैन । भोलि सबै कुरा खुल्नेछ ।”

विप्लव पछिल्लो तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । तर, पार्टीनिकट सञ्चारमाध्यमलाई भने उनले अन्तर्वार्ता दिँदै आएका थिए । विप्लव समूहमाथि ओली नेतृत्वको तत्कालीन सरकारले नै ०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

26 ÷ twenty six =