आफ्ना मृ,त दाजुको न्यायको लागि लडिरहेकी सदीक्षा गौतमको मनोज गजुरेलले गरे प्रशंसा…! हेर्नुहोस

काठमान्डौं : चर्चित हाँस्य कलाकार मनोज गजुरेलले मोरङ उर्लाबारीकी सदिक्षा बाँस्तोलाको प्रशंसा गरेका छन्। आफ्ना दाजु प्रविण बाँस्तोलाको मृ,त्यु प्र,करणबारे निरन्तर आवाज उठाइरहेकी सदिक्षा पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल छिन्।

प्रविण दुई महिना अगाडि मृत अवस्थामा भेटिएका थिए। अमेरिकामा विमान चालकको तालिम गरिरहेकी सदीक्षा दाजुको निधनपछि नेपाल आएकी थिइन्। त्यसयता उनले न्यायका लागि प्रहरी–प्रशासनको ढोका निरन्तर ढक्ढक्याइरहेकी छन्।

कलाकार गजुरेलले सदीक्षाको साहस र प्रतिरोधको सम्मान गर्दै सामाजिक सञ्जालमा यस्तो स्टाटस लेखेका छन्।

सदीक्षा बाँस्तोला, उर्लाबारी (मोरङ)

(सामान्य विषयलाई ‘भाइरल’ गराएर असामान्य बनाउने बिकृतीबिच तिम्रो ‘फेसबुक लाईभ’ पनि त्यस्तै होला भन्ठानेको थिएँ तर म गलत रहेछु। मन, मुटु जोडिएको सहोदर दाजुको मृ,त्यु, अनुसन्धानमा भएको ढिलासुस्ती, प्रशासनको शं,कास्पद गतिविधिलाई लिएर तिमिले गरिरहेको बि,रोध, आ,क्रोश र प्रतिरोधलाई सलाम गर्न चाहान्छु। सम्मान गर्न चाहान्छु।

दाजु गुमाउनुको पीडा, आमालाई सम्झाउनुको दुस्ख, बुबालाई फकाउनुको गार्हो, आफैंलाई सम्हाल्नुको अप्ठेरो१ यस्तो अवस्थामा तिमी कुन मनोदशाबाट गुज्रिरहेकी छ्यौ, म बुझ्न सक्छु।

अमेरिकादेखी पढाइ छोडेर घर आएकी छ्यौ। आफ्नो सिङ्गो जीवन बाँकी छ तरपनि आफ्नो दाजुका लागि सबै छोडेर लडिरहेकी छ्यौ, यो सानोतिनो कुरा हैन। मलाई बिश्वास छ, साहस, संयम र धैर्यताका साथ परिस्थितिलाई काबुमा लिनेछ्यौ, दाजुको आ,त्मालाई शान्ति दिनेछ्यौ। पुत्र वियोगमा छटपटिएका बुबाआमालाई सात्वना दिएर आफ्नो करियरको बाटो पुनस् सम्हाल्नेछ्यौ। तिम्रो साथमा उर्लाबारीका जनता सहित हामी छौँ।

सत्य तथ्य के हो : उर्लाबारीका, जनता जनप्रतिनिधि र जिल्ला प्रशासनले चाँडै

सार्वजानिक गरोस्। प्रशासनभित्र हुने र हुनसक्ने ढिलासुस्ती, गल्ती, कमजोरी र अ,पराधहरूको सूक्ष्म छानविन गरोस् ताकी आफ्नो साख बचोस् , जनविश्वासपनी फिर्ता आओस्१

सदीक्षा,तिमीसँग दोहोरो परिचय नभएपनि भातृवियोगले मान्छे कति विक्षिप्त, आक्रोशित र प्रतिरोधी हुनसक्छ भन्ने कुरा तिम्रो बोलीभन्दा मन र आत्माले बोलिरहेको देखिन्छ। पीडा र आक्रोसको ज्वाला कति दन्की रहेको छ, त्यो पनि भावबाट पढ्न सकिन्छ । तिम्रो यो साहस धेरैलाई शिक्षा बन्न सकोस् ताकी
भोलि कहिँ कतैबाट यस्तो केसमा खेलवाड, ढिलासुस्ती र अन्याय गर्ने आँट नगरोस्।

अन्त्यमा, चाँडै सत्य तथ्य बाहिर आओस्। प्रविणको आत्माले न्याय पाओस्। बुबाआमालाई सात्वना मिलोस्। तिमीलाई सत्यबोध गर्ने साहस मिलोस्, पुनः आफ्नो अध्ययन र संसारमा फर्कने आँट प्राप्त होस् ‘अनन्त आकासमा विचरण गरिरहेको तिम्रो दाजुको आत्माको आवाज पनि यही छ, सदिक्षा :
(मनोज गजुरेल)

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty + = 70