चिनियाँ राजदूतले भनिन्: नेपाल-चीनबीच कुनैपनि सीमा विवाद छैन

काठमाडौं : चीनले नेपालसँग कुनै पनि सीमा विवाद नरहेको प्रष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यमहरुमा चीनले हुम्लाको लाप्चामा निर्माण गरिएका ९ वटा भवन निर्माण गरेको खबर बाहिरिएको थियो । नेपाल स्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सियाओलोंगले एक विज्ञप्ती जारी गर्दै चीनले नेपालसँगको सार्वभौमिकता र क्षेत्रिय अखण्डताको सम्मान गरेको बताएका छन् ।

‘चीन र नेपाल मैत्री छिमेकी हुन् । चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको छ । मिडियाले उल्लेख गरेका भवनहरू चीन–नेपाल सीमानाको चिनियाँ पक्षमा रहेको प्रमाणित गरिएको छ’, उनले भनेका छन् ।

त्यस्तै चीनले उक्त भवन निर्माण गरेको स्थानबारे प्रमाणित गर्न पनि नेपाली पक्षलाई आग्रह गरेको छ । ‘नेपाली पक्षले फेरि प्रमाणिकरण गर्न सक्दछ। नेपाल र चीनबीच कुनै सीमा विवाद छैन । दुबै पक्षले जहिले पनि सीमा मामिलामा नजिकबाट सञ्चार कायम गरेका छन्’, उनले भने । चीनले नाम्खा गाउँपालिका अन्र्तगत पर्ने लाप्चामा ९ वटा भवन निर्माण गरेको गाउँपालिका अध्यक्ष विष्णु बहादुर तामाङले बताउँदै आएका छन् ।

चिनियाँ पक्षको दाबीअनुसार भवन निर्माण गरेको स्थान भन्दा एक मिलोमिटर यताबाट मात्रै नेपाली भूमि पर्छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीसँग चिनियाँ पक्षले उक्त भूभाग आफ्नो नक्सामा कायम रहेको जवाफ दिएको छ । शनिबार हुम्लाका प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोलीले नाम्खा गाउँपालिका ६ को लाप्चामा चिनियाँ पक्षसँगको छलफल गरेको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × 1 =