कुलमानलाई वहाँ वहाँ !! भन्नेहरु सबै एक पाखे हुन : केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा (भिडियो हेर्नुहोस)

काठमाडौं, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कुलमान घिसिङका कारण नेपालमा लोडसेडिङ अन्त्य भएको भन्नेहरुलाई एक पाखे सन्तुलित विचार नभएको संज्ञा दिएका छन् । हिजो राति प्राईम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सल्लाहकार थापाले यस्तो टिप्पणी गरेका हुन् ।

पत्रकार धमलालेले कुलमानजीकै कारण नेपालमा लोडसेडिङ अन्त्य भएको हो नि ? भनेर प्रश्न सोध्दा थापाले यस्तो बताएका हुन् । उनले भने,‘त्यसो भन्नेहरु एक पाखे हुन् । उहाँहरुको त्यो सन्तुलित विचार, बुझाई र दृष्टिकोण होईन् ।’ थापाले अघि भनेका छन्,‘कुलमानजी भगवान होईन, उहाँ मानिस हो । तपाईं मानिस हो । म मानिस हो । हाम्रो प्रधानमन्त्रीज्यू मानिस हो । कुलमानजीपनि मानिस हो । जनताले सडकमा उत्रिएर भगवान भनेपनि हामीले भगवान भन्छौं त । हामी मान्छे हो ।’

थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो लेखेका छन्,”मैले “पाखे” भनेकाे भनेर एकथरी दुराशय बाेकेका व्यक्तिहरूले अति गरिरहेकाे पाएँ । एकपाखातिरकाे कुरा गरेर अर्काेपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएकाे स्पष्ट भनेकाे छु । त्यसलाई ताेडमराेड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूकाे भ्रममा नपर्न आग्रह गर्दछु ।”

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× two = 14