कोमल वलीद्वारा रघुजी पन्त,वि,रुद्ध गा,ली बेइज्जतीको मु,द्दा दायर (भिडियो सहित)

काठमाण्डौ : राष्ट्रियसभा सांसद कोमल वलीले नेकपा नेता रघुजी पन्त वि रुद्ध गाली बेइज्जतीको मु द्दा दायर गर्नु भएको छ ।

सांसद वलीले आज काठमाण्डौ जिल्ला अदालत पुगेर नेकपा एमालेका नेता रघुजी पन्त वि रुद्ध गाली बेइज्जतीको मु द्दा दायर गर्नुभएको हो ।

नेता पन्तले राष्ट्रियसभाकी सांसद वलीमाथि केही समयअघि एक कार्यक्रममा असभ्य टिप्पणी गर्नुभएको थियो । यस टिप्पणीको सबैतिर ती व्र आ लोचना भएको थियो । नेता पन्तले गरेको टिप्पणीले आफू तथा समस्त आमा, दिदीबहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेकाले मुद्दा दायर गर्नुपरेको राष्ट्रियसभा सदस्य वलीले बताउनुभयो ।

वलीले भन्नुभयो – उहाँले माफी माग्नुभएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नुभएको छ । उहाँले प्रयोग गर्नुभएका शब्दहरु माफ गर्न क्षम्य हुने खालको छैन । यसले मलगायत आमा, दिदी बहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेको हुनाले मुद्दा दर्ता गरेको छु ।

सांसद वलीले आफू माथिल्लो सदनको विधायिका भएको हुनाले आफूले आत्मसम्मानको खोजी गर्न नसके, न्यायको खोजी गर्न र न्यायको लागि बोल्न नसके अरुको अवस्था पनि त्यस्तै हुने भन्दै अदालत आउनु बाध्यता भएको बताउनुभयो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine ÷ one =