आइतवार नि,धन भएका कञ्चन’को श’व यस्तो सहमति पछि उठ्यो , अन्त्यष्टिमा पुरै गाउँ शोकाकुल ! हेर्नुहोस…

चितवन : अस्पतालमा दुई महिना भन्दा बढी उपचारको लागि अस्पताल बसाई पछि अस्ताएका कञ्चनको मंगलवार अन्त्यष्टि भएको छ । आइतवार नि’धन भए’का कञ्चन’को श’व उनको श्रीमती भनिएकी युवतीको घरमा लगेर आफन्तले राखेका थिए । अनिशाले कञ्चनको श्रीमती भएर हिन्दु धर्म अनुसार मान्नुपर्ने परम्परा पुरा गर्नुपर्ने माग कञ्चनको परिवारको थियो ।

सोही माग लिएर उनीहरु यति धेरै दिन देखि अनिशाको घर अगाडी आ’न्दोल’न गर्न पुगेका थिए । तर कञ्चन’को श’व धेरै दिन बाहिर राख्दा विग्रन थालेपछि प्रहरीको रोहवरमा भएको सहमति अनुसार श’व उठाइएको हो । मंगलवार देवघाटमा कञ्चनको अन्त्य’ष्टि गर्ने सहमति अनुशार अनिशाको घर’वाट श’व उठाइए’को हो । लामो समयसम्म छोराको उपचारको लागि अस्पतालमा बसेकी आमा निधन पछि एक्लिएकी छन् ।

श्रीमानको सहयोग बिना एक्लै हुर्काएकी छोराको पनि साथ छुटेपछि कञ्चनको आमा एक्लिएकी हुन् । उनको बेहाल भएको छ । ६६ दिनको लामो बेहोसी जिन्दगीपछि कञ्चनले आइतबार अन्तिम सास फेरे । अस्पतालको आइसियुमा बोल्न र हेर्न नसक्ने अवस्थाका कञ्चनले बि ष पि ए का थिए । उनले अनिशा कुमालसँग प्रेम विावह गरेका थिए तर लगत्तै माइती पक्षको फरक ब्यवहारपछि उनले यस्तो कदम उठाएका थिए ।

पूर्वी चितवनका कञ्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रसंगले २ महिना यता ठूलो चर्चा पायो । काठमाडौँमा विवाह गरेर चितवन गएपछि अनिशा आफ्नै घर फर्किइन् । त्यस पछि विग्रिएको सम्बन्धले कञ्चनको इहलिला नै समाप्त गरिदियो ।

कालिका नगरपालिका–६ खोलेसिमल गुराउचौरमा प्रेम सम्बन्धमा रहेका कञ्चनलाई अनिशाको परिवारले अलग गराइ दिएको थियो । उपचारका क्रममा ६६ दिनपछि उनै २१ वर्षीय कञ्चनको भरतपुर अस्पतालमा मृत्यु भएको हो । कञ्चनको मृत्यु भएपछि मृतकका आफन्तले १७ वर्षीया अनिशाको घर घेरेका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixteen − eleven =