भ्रस्टचार मुद्धामा जेल परेका पूर्वमन्त्रीले भने: हिन्दी नबोल्ने ज्ञानेन्द्र ‘पाखण्डी’

काठमाडौँ। सर्वोच्च अदालतबाट भ्रस्टाचारी ठहर भई १३ महिना काराबास सजाय भोगेका पूर्वमन्त्री जयप्रकाश गुप्ताले पूर्व महाराजधिराज ज्ञानेन्द्र शाहलाई ‘पाखण्डी’को संज्ञा दिएका छन्। गुप्ताले भारतको दार्जीलिङमा पत्रकारले हिन्दीमा प्रश्न सोध्दा उत्तर नदिएको भन्दै शाह पाखण्डी भएको बताएका हुन्।

अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको शाहको भिडियोबारे टिप्पणी गर्दै गुप्ताले हिन्दी जान्दा जान्दै पनि शाहले नजाने जस्तो ढोंग गरेको बताए। उनले हिन्दी प्रश्नको नेपाली या अंग्रेजीमा शाहले उत्तर दिनु पर्ने तर्क गरे।

उनले भने, ‘ज्ञानेन्द्रको दार्जिलिंगमा शिक्षा, भारतीय हिन्दी भाषीसंग नाता-संबन्ध, साधु-संतकोमा दौडाहा-यी सबै अतित हेर्दा “दार्जिलिंगमामा आई डोन्ट नो हिन्दी” भन्नु पाखण्ड बाहेक केही हैन। निम्छरो राष्ट्रवाद हो।हिन्दी प्रश्नको नेपाली वा अंग्रेजीमा पनि जवाफ हुन सक्छ।’

गुप्ताले यस्तो किसिमको विचार प्रकट गरेपछि उनको सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो। त्यसपछि उनले झन् आक्रामक हुँदै आँफू राजा र राजतन्त्रको सदा विरोधी भएको बताए। राजामा राष्ट्रियता नहुने बताउँदै उनले राष्ट्रवाद देखाएर राजाहरुले सामन्ती अधिनायकवाद टिकाउन खोज्ने तर्क गरे।

उनले भने, ‘पहिलो कुरा कसैले पनि शंका न माने हुन्छ । म सदा राजतन्त्र र राजा बिरोधी रहेको हुँ। राजाले राष्ट्रवादको कुरा गर्नु भनेकै सामन्ती अघिनायकत्वको पृष्ठपोषणका लागि जनतालाई भावावेशमा राख्नलाई हो। यसर्थ, म देशभक्ति भन्ने शब्दलाई आत्मत: स्वीकार गर्दछु। ढुंगा मुढामा देशभक्ति हुदैन।’

गुप्ताले शाहको त्यो भनाइलाई तर्क शुन्य, दिमाग नभएका भक्तहरुले राष्ट्रवाद भन्दै उफ्रेकोले आँफूले तार्किक रुपमा पाखण्डी प्रमाणित गर्न खोजेको पनि बताए। उनले भने, ‘बिषयको बिषयान्तर न होस्। बिषय थियो-दार्जीलिंगमा गद्दी परित्यक्तले तेसो भनेर ‘पाखण्ड’ देखाएका हुन्। किन पाखण्डी? तेसको आधार लेखेको हुँ।शब्दार्थ खोज्न शब्दकोषमा घोत्ले हुन्छ।तिनको तेस भिडीओ भनाईलाई परिजनहरू, मतान्ध अनुयायीहरूले राष्ट्रवादको हाटमा बिक्रीका लागि पसारे।’

गुप्ताले शाहले राष्ट्रवादी कार्ड खेल्न खोजेको बताए। ‘यो कार्य कथित राष्ट्रवादको निम्छरो बजारीकरण सिवाय केही हैन। यसमा मोदी, पुटीन, ट्रम्प र सबै खाले फासिष्ट विचारग्राहीहरूमा समसरसता पाईन्छ। बस् कुरो यति हो।मैले लेखेको प्रष्ट छ, लंकापलंका-काशी कश्मिर खोज्नु पर्दैन।ज्ञानेन्द्र महोदयको प्रयास राष्ट्रवादको नाममा ध्रुविकरण गर्नु हो,’ उनले भने।

गुप्ताले एकोहोरो तर्क गरिरहँदा शाहको त्यो भिडियो न नियोजित रुपमा खिचेको देखिन्थ्यो न औपचारीक अन्तर्वार्ता नै थियो। त्यसो हुँदा उनले धुर्विकरण गर्न नियोजित प्रयास गरे भन्ने तर्क त्यति मज्बुत देखिँदैन।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three + four =