चाँया पोतो आएको छ ? यी गल्तीहरू कहिलै नगर्नुस्…!

काठमाडौं : चाँया पोतो आउनु भनेको प्राकृतिक छालाको विभिन्न स्थानमा फरक रङ देखा पर्नु हो । यो आउनु भनेको छालाभित्र हुने मेलानिन नामक सेलको भूमिका हुन्छ । मेलानिन सेल आफ्नो स्थानबाट हलचल भएर बाहिर निस्किएपछि पोतो र तिलकोठीजस्ता दाग निम्तिन्छन् । चाँया पोतो हराउनका लागि हामी विभिन्न औषधी वा क्रिमको प्रयोग गर्छौ । यस्ले झ्न हाम्रो अनुहारलाई बिगारिदिन्छ ।

चाँया पोतो भएकाले गर्न नहुने गल्तिहरु यस प्रकार रहेका छन् ।

–चाँया पोतो भएको अनुहारको छालामा धेरै थरीका स्किन प्रोडक्ट्सहरु प्रयोग नगर्ने ।

–आगो वा हिटरको अगाडी लामो समयसम्म नबस्ने

–हट स्टिम वा तातो बाफ नलिने

–स्टेरोइट भएका क्रिमहरू जथाभावी नलगाउने

– सनस् क्रिम कम लगाउनु वा मन लाग्दा लगाउने र मन नलाग्दा नलगाउने गर्नु हँदैन । चाँया पोतो भएका व्यक्ती घामबाट टाढा रहनु पर्ने हुनाले सनस् क्रिम सधैँ लगाउनु पर्छ ।

–चाँया पोतोका विरामीले डाक्टरले दिएको मल्हम आफैँ लगाउन छाड्नु हुँदैन । चिकित्सक भने अनुसार लगाउनु पर्छ ।

–पोतो एकचोटी निको भएपछि फेरी आउँदैन भन्ने सोच्नु हुँदैन । एक चोटी निको भएपछि मल्हम वा सनस् क्रिम लगाउन छोड्नु हुँदैन ।

–चाँया पोतो भएका व्यक्तिले अुनहारमा कहिले पनि वाक्सिङ गर्नु हुँदैन ।

–पोतो भएका व्यक्तिलाई यदि डण्डीफोर आउँछ भने पहिला डण्डीफोरको उपचार गर्नुपर्छ । यसो नगरे डण्डीफोरको दाग पोतामा नराम्रोसँग बस्छ ।

– युटुब हरेर वा साथीभाईको कुरा सुनेर चाँया पोतोको जभावावी उपाचार गर्न हुँदैन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× one = six