पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने केन्द्रीय कमिटी बैठकले नेकपा एमालेमा गएका नेताहरूलाई कारबाही गर्ने , सरकारलाई दिएको समर्थन , पार्टीको आगामी रणनीति र सत्तासमिकरणबारे छलफल हुने जनाइएको छ।

शनिबार बसेको माओवादी केन्द्रको बैठकले सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहितका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

हाल माओवादी केन्द्रका गृहमन्त्री बादलसहित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।

यसैबीच नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनयन भएका नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण दिनसमेत माओवादी केन्द्रले निर्देशन दिएको छ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका हुन् । बादललाई वागमती र लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी समेत दिइएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nineteen + = twenty six