भर्खरै माधब नेपाललाई भेट्न निवास कोटेश्वर पुगे प्रचण्ड

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित निवास पुगेका छन् । माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकपछि प्रचण्ड नेपाललाई भेट्न पुगेका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न प्रचण्ड नेपाललाई भेट्न पुगेको बताइएको छ । भेटवार्ता अहिले पनि जारी रहेको छ ।

एमालेमा ओली पक्षसँग सँगै अगाडी बढ्न नसक्ने निष्कर्ष निकाली सकेको नेपाल पक्षले एमालेबाट छुट्टिएर माओवादी केन्द्रसँग एकता गर्ने अड्कलबाजी भइरहेका बेला प्रचण्ड र नेपालको भेटवार्ता भएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy two ÷ = twelve