प्रधानमन्त्री ओली भन्छन् : ‘प्रचण्ड सप्रिए सहकार्य हुन्छ’ ( हेर्नुस भिडियो )

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सप्रिए फेरि सहकार्य हुने बताएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अन्तर्वार्ताको क्रममा पत्रकार धमलाले तपाईँ र प्रचण्डबीच धेरै राम्रो सहकार्य भएको थियो ? आज त्यो सहकार्य एकाएक टुट्यो, अब सहकार्य हुन्छ त ? भनेर सोधेको प्रश्नमा उनले भने,”प्रचण्डसँग सहकार्य हुन्छ, उहाँ सप्रिनुभयो भने सहकार्य हुन्छ । उहाँपनि यही लोकतान्त्रिक प्रणालीभित्र हुनुहुन्छ । निर्वाचन प्रणालीलाई मान्नुभएको छ । किन सहकार्य नहुनु ? तर, उहाँ सप्रिनुपर्यो ।”

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 1 = two