स्याङ्जाको वालिङमा पहिरोमा परी एकैघरका ५ जनाको मृत्यु, अझै ४ जना वेपत्ता

स्याङजा : अविरल वर्षासंगै गएराती स्याङजाको वालिङ नगरपालिका– १४ तमादीमा गएको पहिरोमा परि एकै परिवारका ५ जनाको मृत्यु भएको छ । त्यस्तै उक्त पहिरोमा परि अझै ४ जना बेपत्ता रहेका छन् । दीपक नेपाली, सेनी नेपाली, जीवन नेपाली, घरधनी माया नेपाली र उमा नेपालको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

उमा नेपाल भने उक्त घरमा पाहुन थिइन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीका अनुसार माया नेपालीकी छोरी मनिषाको जीवितै उद्धार गरी उपचारका लागि वालिङ अस्पताल पठाइएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty two ÷ six =