सैनिक जवान राजाराम लाई प्यारासुटले सधैंका लागि उडाउला भन्ने कसलाई थाहा थियो र?

काठमाडौं : नेपाली सेनाले पोखरामा सन्चालन गरेको प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घ’टनामा परी एक जवानको मृ,त्यु भएको छ। सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवा तालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको उपचारका क्रममा मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।

उनको सोमबार साँझ मृ,त्यु भएको हो। दुर्घ’टना लगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उ’द्धार गरी पोखरा–११ रानीपौवा स्थित सैनिक अस्पताल पुर्‍याएकामा उपचारका क्रममा नि’ध न भएको हो । उनी सेनाको कालीजङ्ग गणमा कार्यरत थिए। विगत एक महिना देखि पोखरामा प्याराग्लाइडिङ तालिम लिइरहेका राजारामले सोमबार सोलो (एकल) उडान भरेका थिए।

फेवाताल माथिबाट उडेका राजाराम फेवातालमा गएर डु’ब्न पुगे। गत दसैंमा छुट्टीमा घर पुगेका थिए, राजाराम। उनका बुवा कुलबहादुर राना मगरका अनुसार राजारामले त्यतिबेला १५ दिनको छुट्टीमा आएको बताएका थिए । घर बसेको १०/१२ दिनमै राजारामलाई पल्टनबाट फोन आयो। तालिमका लागि पोखरा जान उनलाई आदेश आयो। उनी दसैं मानेर पोखरा हानिए। त्यसपछि तालिममा सहभागी भए।

नेपाली सेनाले खेलाडी उत्पादन गर्न ‘एडभेञ्चर स्पोर्ट्स्’ तालिम चलाइरहेको छ। राजाराम एक महिनादेखि यही तालिमका क्रममा प्याराग्लाइडिङ सिकिरहेका थिए। सेनाले यो तालिममा २ जना महिला सहित २३ जनालाई सहभागी गराएको छ। ‘राष्ट्रिय खेलाडी उत्पा दनका लागि यो तालिम चलाएका थियौं, खेलाडी छनोटका क्रममा दुर्घ’टना भयो,’ पौडेलले भने।

राजाराम सेनामा भर्ती भएको बल्ल ४ वर्ष पुगेको थियो। धादिङमा कक्षा १२ पास भएपछि उनी सेनामा भर्ती हुन रौतहट पुगेका थिए। त्यहीँबाट राजाराम सेनामा छनोट भएका थिए । उनका बुवा कुल बहादुर नेपाली सेनाकै हवल्दार भएर अवकाश लिएका थिए भने उनका दाजु ऋषि राना मगर अहिले नेपाली सेनामै छन्।

राजारामको मृ,त्यु भएपछि उनका बुवा कुलबहादुर, आमा राधाकुमारी र दाजु ऋषि अहिले पोखरा आएका छन् । उनीहरूलाई नेपाली सेनाले नै पोखरा ल्याएका हुन् । राजारामसँगै प्याराग्लाइडिङ तालिम लिइरहेका जवानहरू पनि प्रतिष्ठानको पोष्ट मा’र्टम भवनमा पुगेका थिए। पो’ष्ट मा’र्टम भवन अगाडि राजारामका आमा राधाकुमारी बोल्न स’क्ने अवस्थामा थिइनन्। सँगै तालिम लिइरहेका साथी गुमा’उनुको पी’डा सहकर्मी सैनिक जवानहरूको मु’हारमा देखिन्थ्यो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three + three =