गुडिरहेको जीपमाथि पहिरो खस्दा चालकको मृत्यु

मकवानपुर : काठमाडौंबाट मकवानपुर जाँदै गरेको जीपमा पहिरो बस्दा एक जनाको मृत्यु भएको छ। मकवानपुर प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाका अनुसार बुधबार इन्द्रसरोवर गाउँपालिका-२ देउरालीमा बा १७ च ४८७४ नम्बरको स्कोर्पिओमाथि ढुङ्गामाटो सहितको पहिरो खसेको हो।पहिरोले पुरिएपछि चालक बारा पर्सौनी गाउँपालिका-४ का ४० वर्षीय युनिश आलमको मृत्यु भएको हो।

डिएसपी रानाका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो। शव पोष्टमार्टमको लागि हेटौंडा लगिएको छ।बाँके। भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममाबर्दियाको बारबर्दियानपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको बुधबार कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ ले बुधबार बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताए।यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेत र बर्दियाका कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ thirty two = 39